News Category 2074/09/10
गरिबहरु चर्पी बनाउँदै, धनाढय वेवास्ता गर्दै
नवीनकुमार गुप्ता
राजविराज, ९ पुस ।
दुई तल्ले पक्काको घर, एउटा गहुँ, धान दउनी गर्न राखिएको थ्रेसर, ट्याक्टर र अन्न भण्डारण गर्ने दुई वटा भकारी समेत भएको घरमा मात्र छैन् चर्पी । यस्तो अवस्थाका धेरै घरहरु रहेका छन् सप्तरी जिल्लामा ।
जिल्लाको बोदेबसाईन् नगरपालिका वडा नं. ३ सारस्वर साविकको सारस्वर गाविस वडा नं. ९ मधुवन टोल निवासी कासोदेवी यादवको घरमा एउटा ग्रामिण भेगमा बसोवास गर्ने घरधुरीको घरमा हुने सम्पूर्ण सुविधा रहँदा समेत चर्पी भने छैन् । यती मात्र नभएर उनको बजार क्षेत्रमा अर्को एउटा पक्की घर समेत छ ।
उनको दुई बुहारीहरु भने स्थानिय विद्यालयमा शिक्षिका रहेकी छिन् । एक बुहारी राहत कोटाबाट र अर्की बुहारी बालविकासकी शिक्षिका हुन् । यसरी सुखी सम्पन्न परिवार भए पनि उनीहरु हालसम्म घरमा चर्पी निर्माण गर्ने सोच समेत बनाएका छैनन् । यसको कारण भने चेतना र दबाबमूलक अभियान संचालन नहुनु नै हो । उनकी जेठी बुहारी सिबीदेवी यादवले भनिन्, “अहिलेसम्म चर्पी छैन् तर, चाडै चर्पी बनाउने छु ।”
यस्तै सोही वडाका अर्का व्यक्ति हुन् चन्देश्वर यादव । उनी पनि चर्पी बनाउन सोच मात्र बनाएका छैनन् की उनी भन्छन्, “मेरो चार कठ जग्गा छ, त्यसको कुनै कुनामा चर्पी गर्छु, तपाईहरुलाई कुनै मतलव छैन्, म चर्पी बनाउछु आफ्नो तरीकाले, मलाई अहिले बनाउन नभन्नुस् ।” उनी साविकको गाविसका पूर्व वडा अध्यक्ष समेत हुन् ।
यस्तै घरमा पटक पटक चर्पी बनाउन तकेता गर्न सहजकर्ताहरु आउन थालेपछि श्रीमन्लाई दबाब दिएर पनि चर्पी बनाउन थालेको स्थानीय भुटीदेवी यादवले बताइन् । सामान्य परिवारकी उनी खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएकी छिन् । यसैगरि सोही वडाका दलित बस्तिमा धमाधम चर्पी निर्माणको काम भइरहेको छ ।
यस वडामा १ हजार ४४ घरधुरी रहेको मध्ये ८ सय २३ घरधुरीले चर्पी प्रयोग गरिरहेका छन् भने २ सय २१ घरधुरीमा चर्पी निर्माण कार्य भइरहेको खुल्ला दिसा मुक्त अभियान संचालन गर्दै आइरहेका पिआरडिसी संस्थाका सहजकर्ता उषा साहले बताइन् । यस्तै सो वडामा रहेको १ सय ५० घरधुरीमा २९ घरधुरीले चर्पी निर्माण कार्य सम्पन्न गरिसकेको वडा अध्यक्ष अनुज कुमार यादवले बताए । बाँकी मध्ये अधिकांशमा चर्पी निर्माण भइरहेको र केही घरधुरीले चर्पी निर्माण गर्न हेलचक्राई समेत गरिरहेको उनले जानकारी दिए ।
सन् २०१७ बित्न अब मात्र एक हप्ता बाँकी रहेको छ । यस अवधीमा मुलुकलाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ । अहिले सोही लक्ष्यलाई ध्यानमा राखेर सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानले तिब्रता पाएको छ ।
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सबल नेपाल, पिआरडिसी, वेल, केभिएस, जिल्ला समन्वय समिति, खानेपानी, एमसिडिसी, हुकोडेक, सेभ द सप्तरी लगायत एक दर्जन संस्थाहरु लागि परेका छन् ।
अहिले सप्तरीमा साविकको ५३ गाविस र एक नगरपालिका खुल्ला दिसा मुक्त भइसकेको छ । हालसम्म जिल्लाको १ लाख १९ हजार ६ सय १८ घरधुरी मध्ये १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी बनिसकेको डिवासीसी सचिवालयका कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले जानकारी दिएका छन् । उनले अब १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी बनाउन मात्र बाँकी रहेको जानकारी दिदै सो कार्य तिब्र रुपमा भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/02/01 एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ