News Category 2074/09/10
‘विज्ञानको विकास गणितिय आधारमा’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
रिसर्च प्रमोशन सेण्टर विराटनगरको आयोजना तथा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजको आतिथ्यमा आयोजित ‘विज्ञानको विकास गणितिय आधारमा’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सेमिनार आईतवार सम्पन्न भएको छ ।
सम्पन्न सेमिनारका सहभागि वक्ताहरुले सेमिनारवाट प्राप्त ज्ञानलाई ब्यवहारमा उतार्न सहभागि विद्यार्थिहरुलाई सुझाएका छन् । कार्यक्रममा सहभागि विज्ञहरुले विज्ञानको क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुलाई गणितिय माध्यमले कसरी निराकरण र अनुसन्धान गर्ने विषयमा आ–आफनो धारणा राखेका थिए ।
पहिलो पटक आयोजित सेमिनारमा काठमाण्डौं, विराटनगर, धरान, धनकुटा र राजविराजका साथै छिमेकी राष्ट्र भारतको पुर्णीया र भागलपुर लगायतका स्थानवाट प्राध्यापक तथा विद्यार्थी गरी ९८ जनाको सहभागिता थियो । सेमीनारमा सहभागिलाई अन्तिम दिन दुई समुहमा विभाजन गरी पेपर र पोष्टर प्रस्तुती गराईएको थियो ।
यस्तै सेमिनारमा विभिन्न समुह वनाई गराईएको पोष्टर तथा पेपर प्रस्तुतितर्फ अञ्जली ठाकुर नेतृत्वको र प्रियंका देव नेतृत्वको टोली उत्कृष्ठ घोषित भएका थिए । ति समुहलाई सिसर्च प्रमोशन सेण्टर विराटनगरका चियर मेन प्रा. डा. राजलाल यादवले नगद तथा कदरपत्र प्रदान गरका थिए ।
क्याम्पस प्रमुख प्राध्यापक डाक्टर सर्वेशचन्द्र मिश्रको अध्यक्षता तथा पुर्वाञ्चल विश्व विद्यालय विज्ञान विभागका डिन प्रा.डा. शुभनारायण पाठकको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा डा. शुसिलचन्द्र कर्ण, प्रा. डा. राजनारायण यादव, प्रा. पञ्चदेव यादव, पुर्व प्राध्यापक त्रिपुरारी सरण, अवध किशोर सिंह, रामखेलावन यादव, जेगेश्वर लाल दास, अमृत साईन्स क्याम्पस काठमाण्डौंका प्राध्यापक गिता श्रेष्ठ, पाटन साईन्स क्याम्पसका उप प्राध्यापक कमलेशलाल कर्ण, महेन्द्र मोरङ्ग वहुमुखी क्याम्पस विराटनगरका उप प्राध्यापक सोपन कुमार चक्रवर्ति, भारत पुर्णीयाँ विश्वविद्यालयका प्राध्यापक एसएन सुमन, भागलपुर विश्वविद्यालयका प्राध्यापक एसकुमार र केपी सिंह लगायतले विज्ञानको अनुसन्धान र गणितको माध्यमले निराकरण गर्ने वारे विस्तृत रुपमा जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ