News Category 2074/09/12
बाढीपीडित बालबालिकालाई ५ हजारको दरले नगद सहयोग
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ ।
बालअधिकार तथा वातावरण समाज नेपाल (क्रेस नेपाल) ले मंगलबार युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडित परिवारका १ सय बालबालिकालाई नगद सहयोग गरेको हो ।
गत साउन २७ गतेको बाढिले घरवार विहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडित परिवारका १ सय जना बालबालिकालाई एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरिएको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।
बाढिबाट सर्वाधिक प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह, सकरपुरा, मैनाकडेरी, रम्पुरामलहनीयाँ, लोहजरा, रुपनी, सुरुङ्गा, कञ्चनरुप, विष्णुपुर, छिन्नमस्ता, मधवापुर लगायतका स्थानका बाढीपीडित गरीव असहाय परीवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरीएको अध्यक्ष साहले बताए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निमित प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका, प्रमु्ख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, युनिसेफ प्रतिनिधि अशोक झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायत संचारकर्मीकर्मीहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा प्रमुख अतिथि खडकाले बालबालिकाहरुलाई प्राप्त रकम के गर्ने? भन्ने जिज्ञाशा समेत राखेका थिए । जवाफमा अधिकांस बालबालिकाले शौक्षिक सामाग्री किन्ने, स्कुलको फिस बुझाउने र चिसो बढेकाले न्यानो लुगा किन्ने जवाफ फर्काएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ