News Category 2074/09/13
फोरमसँग एकताका लागि छलफल भइरहेको छ ः राजेन्द्र महतो
दैनिक समाचारदाता
काठमाडौँ, १२ पुस ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको खुलासा गरेका छन् ।
काठमाडौंस्थित एक साक्षरता कार्यक्रममा बुधबार बोल्दै नेता महतोले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए ।
“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भने, “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।”
धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे । यस्तै उनले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत व्यक्त गरे ।
यसअघि मंगलबार राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं प्रदेश सांसद मनिष सुमनले राजपा र फोरम नेपालबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुबीच एकता हुने बताएका थिए । उनले भने, “हाम्रो विचारहरु सबै मिल्छन्, हामीबीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिले जनमतले पनि हामीलाई एकताको लागि दबाव दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ