News Category 2074/09/15
समानुपातिकतर्फ प्रदेश नं. २ मा महिला प्रदेशसभा सदस्यहरुको वर्चश्व
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फको नतिजा आएको १५ दिन पश्चात् विभिन्न पार्टीहरुले प्रदेशसभा सदस्यहरुको नाम टुङ्गो लगाएको छ ।
पार्टीहरुले हालसम्म प्रदेशसभातर्फको समानुपातिक सांसदहरुको नाम मात्र टुङ्गो लगाउन सकेको छ भने प्रतिनिधिसभातर्फको समानुपातिक सांसदहरुको नाम अझ टुङ्गो लगाउन सकेको छैन् ।
यता प्रदेश नं. २ मा पहिलो पार्टी बनेको संघीय समाजवादी फोरम नेपाल र दोश्रो दल बनेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रदेश सभा सदस्यदहरुको नामावली सार्वजनिक गरेको छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्र समेतले प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरिसकेको छ । काँग्रेसले यो समाचार तयार पारेसम्म नाम सार्वजनिक गरेको छैन् ।
यी चार राष्ट्रिय दल मध्ये फोरम, राजपा र माओवादीले सप्तरीबाट महिलालाई प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले भने पुरुषलाई बनाएको छ ।
फोरम नेपालले उपमा देव, राजपा नेपालले पुनम यादव र माओवादी केन्द्रले रुबी कर्णलाई सप्तरीबाट प्रदेश नं. २ का लागि प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले डा. मनोज सिंहलाई प्रदेशसभा सदस्य बनाएको हो ।
यसैगरि फोरमले सार्वजनिक गरेको समानुपातिकतर्फको प्रदेश नं. २ को प्रदेशसभा सदस्यहरुमा ९ जना महिलाहरु नै रहेका छन् । जसमा चन्चमाया मोक्तान, करिमा बेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दु कुमारी यादव, चमेली देवी दास र किरण कुमारी यादव रहेकी छिन् ।
यसैगरि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि शुक्रबार समानुपातिकतर्फ प्रदेश नं. २ का प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामहरुमा सात जना महिला र तीन जना पुरुष रहेका छन् । जसमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा र लैला खातुन रहेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ