News Category 2074/09/16
समानुपातिकतर्फ सप्तरीबाट पाँच दलका पाँच महिला र एक पुरुषसहित ६ प्रदेशसभा सदस्य
राजविराज÷सप्तरीबाट समानुपातिकतर्फ प्रदेश नं. २ को प्रदेशसभा सदस्यमा पाँच दलका ६ जना सदस्य बनेका छन् । जसमा पाँच महिला र एक पुरुष रहेका छन् ।
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फको नतिजा आएको १५ दिन पश्चात् विभिन्न पार्टीहरुले प्रदेशसभा सदस्यहरुको नाम टुङ्गो लगाएको हो ।
प्रदेश नं. २ को ठूलो दल बनेका संघीय समाजवादी फोरम नेपालले उपमा देवलाई प्रदेशसभा सदस्य बनाएको छ भने दोश्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले पुनम यादवलाई चयन गरेको छ ।
त्यस्तै नेपाली काँग्रेसले गिताकुमारी यादवलाई, एमालेले डा. मनोज सिंहलाई तथा माओवादी केन्द्रले रुबी कर्ण र प्रमिलाकुमारी यादवलाई प्रदेशसभामा चयन गरेको हो ।
यता एमालेका डा. मनोज सिंह प्रथम गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहका पुत्र हुन भने माओवादी केन्द्रका प्रमिलाकुमारी यादव प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवकी बुहारी हुन् भने काँग्रेसी गिताकुमारी यादव महिला संघ सप्तरीकी अध्यक्ष समेत हुन् ।
यस्तै फोरम नेपालले बनाएको अन्य प्रदेशसभा सदस्यहरुमा चन्चमाया मोक्तान, करिमा बेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, विन्दु कुमारी यादव, चमेली देवी दास र किरण कुमारी यादव रहेकी छिन् ।
यसैगरि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, विभा ठाकुर, डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा र लैला खातुनलाई प्रदेशसभा सदस्य बनाएको छ ।
यस्तै नेपाली काँग्रेसले शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, मन्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुनलाई चयन गरेको छ ।
यता नेकपा एमालेले अनिता यादव, मञ्जु यादव, जकता रैनदेवी, सुडिन साह, नजमा खातुन, सीता गुरुङ, रवीन्द्र बैठालाई चयन गरेको छ भने माओवदी केन्द्रले जगतप्रसाद यादव, महम्मद समीर र फुलियादेवी सदालाई प्रदेशसभा सदस्य बनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ