News Category 2070/08/24
दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
संबिधानसभामा दलितको १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग सहित दलितहरुले आईतवार राजविराजमा प्रदर्शन गरेका छन् ।
राजविराजस्थित शिवमन्दिर प्राङगणबाट निष्केको जुलुश बिभिन्न नारासहित नगरपरिक्रममा पश्चात पुनः सोही ठाउँमा पुगी सभामा परिणत भएको थियो ।
सभामा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य असर्फी सदाले संबिधानसभामा दलित समुदायको १३ प्रतिशत सहभागिताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिदै त्यसका लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
उहाँले अघिल्लो संबिधानसभामा ५२ जना दलितहरु सहभागिता रहेको चर्चा गर्नुहुँदै अबको संबिधानसभामा त्यतिको संख्यामा दलितको सहभागिता हुनेमा शंका रहेको बताउनुभयो ।
दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित सभामा नेकपा–माओवादीका जिल्ला सचिव दीपेन्द्र माझी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बच्चेलाल सरदार, छुवाछुत निगरानी केन्द्रका डम्बर साफी, शम्भुलाल राम लगायतले बोल्नुभयो ।
छुवाछुत दलित निगरानी केन्द्र, दलित नेटवर्क सप्तरी र दलित जनकल्याण युवा क्लब सिरहाको संयुक्त अगुवाईमा जुलुश प्रदर्शन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ