News Category 2074/09/21
संविधानमा त्रृटी रहेको भन्दा भन्दै पनि नमान्नेहरु अहिले त्रृटी स्विकार्दै ः उपेन्द्र यादव, जिल्लाको विकासमा जातिय विद्वेश र घृणा बाधक
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विगतमा आफूहरुले संविधानमा त्रृटीहरु रहेको भन्दा भन्दै पनि नमानेका संविधान निर्माण गर्ने दलहरुकै नेताहरुले बाध्य भएर अहिले संविधानमा त्रृटी भएको स्विकार गर्न थालेको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा धेरै त्रृटीहरु रहेकै कारण अहिले सरकार निर्माणमा ढिलाई भइरहेको जिकिर गरे । उनले विगतमा मुलुकमा धेरै परिवर्तनहरु भए तर, स्थायित्व कायम हुन नसकेकोले अब पुनः नेपालको संविधानलाई संशोधन गरेर वा पुर्नःलेखन गरेर भएपनि त्रृटीहरु सच्याउनु आवश्यक रहेको उल्लेख गरे । उनले मुलुकको स्थायित्वका लागि संविधान सच्याउने बाहेकको विकल्प नरहेको समेत बताए ।
आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तन नहुने बताउँदै अध्यक्ष यादवले अब मुलुकमा परिवर्तनका लागि सामाजिक परिवर्तन हुनु आवश्यक रहेको जिकिर गरे ।
उनले सप्तरीको विकासको बाधक पनि आर्थिक, सांस्कृति र सामाजिक परिवर्तन हुन नसक्नु नै रहेको उल्लेख गर्दै सप्तरीको विकासको सबै भन्दा ठूलो बाधक जातीय विद्वेश र घृणा रहेको बताए । उनले सप्तरीमा जातिय विद्वेश क्यान्सर र घृणाले विष प्रतिपादन गरिरहेकोले यसलाई समाप्त पार्न सम्पूर्ण जिल्लावासीले क्यान्सर र विषलाई न्युनिकरण गरेर सबै जातजातीका व्यक्तिहरु एक आपसमा भाइचारा र सद्भाव कायम गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
नवनिर्वाचित सांसद यादवले सप्तरीमा अहिले पनि महिलाहरुलाई सामाजिक बन्धनमा बाँधिएको भन्दै पुरुषहरुले महिलाहरुलाई घुम्टो र घरको ढोकाबाट बाहिर निकालेर सामाजिक, साँस्कृतिक र राजनैतिक वातावरणमा घुलमिल गर्ने वातावरण बनाउने तर्फ ध्यान दिनुपर्ने सुझाव समेत दिए । उनले महिलाहरुलाई पुरुष सरह सबै क्षेत्रमा सहभागिता जनाउनु पर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै उनले जिल्लाका यूवा पीढिहरु अहिले कुलतमा लागेको बताउँदै त्यस्ता कुलतलाई त्यागेर समृद्ध समाजमा निर्माणमा योगदान पु¥याउनु पर्नेमा जोड दिए । यूवा पीढि अहिले निम्न स्तरको मदिरा सेवन गर्ने तर्फ निकै आकर्षित भएको भन्दै अध्यक्ष यादवले त्यस्ता मदिराले शरीरलाई कुनै फाइदा नपु¥याई उल्टै परिवार र समाजमा नकारात्मक असर पु¥याइरहेको तर्क समेत दिए । समाजका अगुवाहरुलाई त्यस्ता मदिरा बिरुद्ध अभियान चलाउन समेत उनले सुझाव दिए ।
यसैगरि विगतका विकासीय बजेटको कुनै एउटा होटमा बसेर बाँडफाँड गर्ने प्रवृतीलाई अन्त्य गर्न आह्वान गर्दै समाजका अगुवाहरुलाई आफै यसप्रति सचेत भएर बार्षिक विकासीय बजेट समाज निर्माणका लागि खर्च गर्न अग्रसर हुनुपर्ने सुझाव दिएका छन् । उनले निर्वाचनका समयमा आर्थिक चलखेल समेत निकै भएको भन्दै त्यस्ता कार्यलाई देह व्यापारको संज्ञा समेत दिएका छन् । त्यस्ता कार्यलाई निरुत्साहित पार्ने तर्फ समाजका अगुवाहरु आफै अग्रसर हुनुपर्नेमा जोड दिए ।
असल समाज निर्माणका लागि असल पार्टी र असल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै फोरम अध्यक्ष यादवले त्यसतर्फ जिल्लावासीले अग्रसरता देखाउनु पर्ने धारणा राखे ।
फोरम नेपालका तर्फबाट अध्यक्ष यादवसहित सप्तरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सूर्य नारायण यादव, क्षेत्र नं. २ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य शैलेन्द्र प्रसाद साह र क्षेत्र नं. ४ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य अभिषेक यादवलाई कार्यक्रममा फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादवले दासेल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ