News Category 2074/09/25
सार्वजनिक स्थानमा शौच गर्नेलाई १५ किलोको माला र एक चकलेट
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालले राजविराज नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि चलाएको अभियान अन्तरगत सोमबारदेखी नगर क्षेत्रमा खुल्ला स्थानमा दिसा पिसाब गर्नेमाथी कडाई गरेको छ ।
राजविराज नगरका विभिन्न सार्वजनिक स्थानमा खुल्लेआम गरिने दिसापिसाबलाई नियन्त्रण गर्नका लागि संस्थाले सप्तरी युथको सहयोगमा अर्को अभियान चलाएको छ ।
संस्था र युथले सामुहिक रुपमा खुल्ला स्थानमा दिसा पिसाब गर्नेलाई माला तथा अबिर लगाई सम्मान गर्ने अभियान प्रारम्भ गरेको हो ।
पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको हो ।
खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाउँदै चकलेट समेत दिने गरेका छन् ।
खुल्ला ठाउँमा शौच गरेको देखे लगत्तै युवाहरुले फूलको माला लगाएर लाज लगाउन र सार्वजनिक ठाउँमा पिसाव नफेर्न आग्रह गर्दै यो अभियान प्रारम्भ गरिएको हो ।
सोमबार बिहानदेखि प्रारम्भ गरिएको अभियान अन्तर्गत दुई दर्जनभन्दा बढी व्यक्तिलाई माला लगाइएको सप्तरी युथका मोहन यादवले जानकारी दिए । उनका अनुसार यस्तो अभियान प्रारम्भ गरेपछि खुल्ला ठाउँमा शौच गर्नेलाई लज्जाबोध हुने गरेको छ । माला लगाउन पाएकाहरुले आगामी दिनमा कहिल्यै पनि खुल्ला ठाउँमा पिसाव नफेर्ने प्रतिबद्वता व्यक्त गरेको यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ