News Category 2074/09/25
सार्वजनिक स्थानमा शौच गर्नेलाई १५ किलोको माला र एक चकलेट
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालले राजविराज नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि चलाएको अभियान अन्तरगत सोमबारदेखी नगर क्षेत्रमा खुल्ला स्थानमा दिसा पिसाब गर्नेमाथी कडाई गरेको छ ।
राजविराज नगरका विभिन्न सार्वजनिक स्थानमा खुल्लेआम गरिने दिसापिसाबलाई नियन्त्रण गर्नका लागि संस्थाले सप्तरी युथको सहयोगमा अर्को अभियान चलाएको छ ।
संस्था र युथले सामुहिक रुपमा खुल्ला स्थानमा दिसा पिसाब गर्नेलाई माला तथा अबिर लगाई सम्मान गर्ने अभियान प्रारम्भ गरेको हो ।
पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको हो ।
खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाउँदै चकलेट समेत दिने गरेका छन् ।
खुल्ला ठाउँमा शौच गरेको देखे लगत्तै युवाहरुले फूलको माला लगाएर लाज लगाउन र सार्वजनिक ठाउँमा पिसाव नफेर्न आग्रह गर्दै यो अभियान प्रारम्भ गरिएको हो ।
सोमबार बिहानदेखि प्रारम्भ गरिएको अभियान अन्तर्गत दुई दर्जनभन्दा बढी व्यक्तिलाई माला लगाइएको सप्तरी युथका मोहन यादवले जानकारी दिए । उनका अनुसार यस्तो अभियान प्रारम्भ गरेपछि खुल्ला ठाउँमा शौच गर्नेलाई लज्जाबोध हुने गरेको छ । माला लगाउन पाएकाहरुले आगामी दिनमा कहिल्यै पनि खुल्ला ठाउँमा पिसाव नफेर्ने प्रतिबद्वता व्यक्त गरेको यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ