News Category 2074/09/26
फोरम अध्यक्ष यादवले शीतलहर र हुलाकी सडक सम्बन्धमा पहल गर्दै
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका शीतलहर पीडितका लागि राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका छन् ।
द्धयपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।
सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लत्ता कपडा, आगो बाल्ने दाउरा, औषधिउपचार लगायत राहतका सामाग्रीहरु तत्काल पु¥याउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्दार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
यस्तै तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निकिस्ने भएकोले त्यसलाई शहरको छेउबाट निर्माण गर्न फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेऊबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गरेका हुन् । उता प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन दिएका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार र प्रदेश सभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ