News Category 2074/09/26
स्थानिय प्रशासनले शीतलहर पीडितलाई कम्वल बितरण गर्दै
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीका शीतलहर पीडितहरुलाई स्थानिय प्रशासनले मंगलबार कम्बल बितरण गरेको छ ।
अत्याधिक चिसोका कारण सप्तरीमा कठ्याग्रिएर दुई वालक सहित १७ जनाको मृत्यु भएपछि स्थानिय प्रशासनले जाडोवाट जोगीन कम्वल तथा राहतका सामग्री बितरण गरेको हो ।
सप्तरी प्रजिअ तथा दैवी प्रकोप उद्दार समितिका अध्यक्ष भागिरथ पाण्डेयले जिल्लामा ८ हजार भन्दा बढी स्थानियलाई जाडोवाट जोगिन न्यानो कपडा तथा कम्वल बितरण गरेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयको नेतृत्वमा गठित टोलीले तीन वटा स्थानिय निकाय हनुमानगनगर कंकालनी नगरपालिका, तिलाठी कोईलाडी गाँउपालिका र महदेवा गाँउपालिको २ सय दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल बितरण गरेको रेडक्रसका सदस्य दुर्गा प्रसाद साहले बताए ।
यता महदेवा गाँउपालिका वडा १ पकरीको दलित बस्तीमा ५५, तिलाठी कोईलाडी ७ को मंसापुरको मरिक टोलमा १३ जना र वडा नम्वर ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनीका वडा नम्वर ११ ईनरूवाको ६० घरपरिवारमा कम्वल बितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यसैगरी हननुमानगर कंकालनी नगरपालिका वडा नम्वर १३ गोवरगढाका ४५ जना दलित बस्तीका अशाहय, गरिव, बिपन्न घरपरिवारलाई कम्वल बितरण गरेको नगरप्रमुख शैलेश साहले बताए ।
सो टोलीमा हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेश साह, तिलाठी कोईलाडीका प्रमुख सतिश सिँह, सशस्त्र प्रहरी उपरिक्षक रामाधार यादब, प्रहरी नायव उपरिक्षक ध्रुब श्रेष्ठ, नेपाल पत्रकार महासँह सप्तरी सहसचिव चन्दन यादब, रेडक्रस सप्तरी रिमु चौधरी, सप्तरी युथका बिष्णु यादब लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ