News Category 2074/09/26
सप्तरीमा शित भण्डारका लागि ३ करोड रकम बिनियोजन
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
जिल्ला सहकारी संघ सप्तरीले मंगलबार ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य आयोजित सभामा संघका कार्यकारी अध्यक्ष बिनोद कुमार दत्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सप्तरीका सहकारी संस्थाहरुमा झण्डै एक लाख १० हजार सदस्यहरु रहेको जानकारी दिएका छन् ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दत्तले जिल्लाको कुल १ लाख १६ हजार घर परिवार मध्ये करिब ९६ प्रतिशत परिवारका कम्तिमा एक जना सदस्य सहकारीमा आवद्ध रहेको जानकारी दिए ।
सोही प्रतिवेदनमा जिल्ला सहकारी संघ सप्तरीले २०६९ सालको साधारण सभामै सहकारी सदस्यहरुबाट उत्पादीत आलु, काउली, बन्दा, आँप, केरा तथा अन्य मौसमी तरकारी भण्डारणका लागि अवधारण ल्याएपछि चार वर्षको अथक प्रयास पश्चात् सहकारी बोर्ड, सहकारी मन्त्रालय र अर्थ मन्त्रालयले २०७४ जेठ १५ गतेको वार्षिक बजेट कार्यक्रममा सप्तरीको शित भण्डार निर्माणका लागि ३ करोड रकम बिनियोजन भएको उल्लेख छ । जसमा ६० प्रतिशत अनुदान, २० प्रतिशत संघ संस्थाको शेयर सहभागिता र २० प्रतिशत ऋण सहयोग रहने अध्यक्ष दत्ताले प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।
सोही सभामा संघले गत आर्थिक वर्ष २०७३÷०७४ को १ करोड १२ लाख २८ हजार ६ सय २३ रुँपैया ५७ पैसाको आय व्यय प्रस्तुत गरिएको थियो । त्यस्तै आ.ब. २०७५÷०७६ मा ७७ लाख ५७ हजार ७ सय ३० रुँपैयाको वार्षिक अनुमानित आर्थिक कार्यक्रम बजेट विवरण प्रस्तुत गरिएको थियो ।
सम्पन्न सभामा सहकारी बैंक राजविराजका संयोजक विश्वनाथ मण्डल, कृषि कार्यालयका भागिरथ यादव, पशु कार्यालयका अशोक सिंह, जिल्ला सहकारीका उपाध्यक्ष भुवन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ