News Category 2074/09/27
दुई दिनको घामपछि पुनः चिसो बढ्यो मृत्यु हुनेको संख्या १९ पुग्यो
दैनिक समाचारदाता
राजविराज, २६, पुस ।
दुई दिनदेखी घाम लागेको सप्तरीमा बुधबार पुनः हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरी चिसो बढेको छ । अत्याधिक चिसोका कारण जिल्लाको जनजिवन झनै कष्टकर बनेको छ ।
यता चिसो बढेसँगै जिल्लामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षिय जडोली सदा, छिन्नमस्ता गाउँपालिका ७ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी, शम्भुनाथ नगरपालिका २ कनकपट्टीका ७ वर्षिय जितेन्द्र सदा र तिरुहत गाउँपालिका १ निवासी ६५ बर्षीया भटनि देवी यादवको मृत्यु भएको हो ।
यसअघि सप्तरीमा अत्याधिक चिसोका कारण कठ्याग्रिंएर १५ जनाको ज्यान गएको थियो । यता मृत्यु भएका १९ जना मध्ये ९ जनाको प्रहरीले पुष्टि गरेको छ ।
यता राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा कोल्ड डायरिया, निमोनिया, रुखा खोकी लगायतका बिरामीहरु बढ्दै गएको छ । चिसोका कारण अधिकांश बालबालिकाहरु प्रभावित भएको छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लाका ८ हजार अति विपन्न गरिब जनतालाई ब्याङकेट बितरण गरिसकेको जानकारी दिएका छन् भने अझ ७ हजारको संख्यामा विभिन्न संघसंस्थाको सहयोगमा ब्याङकेट वितरण गर्ने बताए । उनले जायकाको सहयोगमा ३ हजार ब्लाङकेट सहयोग प्राप्त गरेको जनाउँदै अन्य संस्थाहरुले समेत सहयोग गरिरहेको जनाए ।
उनले चिसोको समयमा आमनागरिकलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गर्दै कुनै काम विशेषले बाहिर निस्केमा न्यानो कपडा लगाएर मात्र निस्कन सल्लाह समेत दिएका छन् ।
यता चिसो हावासँगै शितलहरी बढेपछि सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बुधबारसम्मका लागि बन्द गरिएको छ । निजि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको थियो । तर, बुधबारदेखी विद्यालय खुलेपनि बढेको चिसोका कारण विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति न्यून रहेको थियो ।
पछिल्लो पटक जिल्लाको खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखिया, अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षिय लखन ठाकुर, कञ्चनरुप नगरपालिका २ बरमझियाका ५५ वर्षिय बेचन शेख र खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षिय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
यस्तै कंचनरुप नगरपालिका ७ निवासी ६१ वर्षिय उत्तम मरिक डोम, वडा नं. ४ जगतपुरका ललित चौधरीको ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको छ । उनी चिसोका कारण बिरामी भएपछि उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् । यस्तै तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर, वडा नं. ७ का ३५ वर्षिय शिबु मण्डल, महदेवा गाँउपालिका वडा नं. २ का ५८ वर्षीय सुकदेव यादब, राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग, वडा नं. २ का ६० वर्र्र्षीया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको स्थानिय तहका जिम्मेवार पदाधिकारी र आफन्तजनले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ