News Category 2070/08/25
का“ग्रेसका कुनै नेता तथा कार्यकर्तालाई कारवाही भएन्
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
संबिधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली काँग्रेस सप्तरीको क्षेत्र नम्बर ३ को समिक्षा बैठकले कार्वाहीका लागि सिफारिस गरेका चार जना नेता कार्यकर्तामाथि केन्द्रीय समितिले कार्वाही गरेको छैन् ।
निर्वाचनको समिक्षा गर्न क्षेत्र नम्बर ३ समितिको अगुवाईमा मंसीर १५ गते बसेको बैठकले काँग्रेसका तर्फबाट प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ का उम्मेदवार बन्नुभएका रामकुमार चौधरीलाई असहयोग र अन्तरघात गरेको भन्दै क्षेत्रीय सभापति रामकुमार यादव, नगरसभापति शम्भुलाल देव, महाधिबेशन प्रतिनिधी समीर कुमार झा र अजित कुमार मिश्र (पप्पु मिश्र) लाई कार्वाहीका लागि केन्द्रमा सिफारिस पठाउने निर्णय गरेको थियो ।
त्यो निर्णय भएको सार्वजनिक भएको भोली पल्टै क्षेत्रीय सभापति लगायतका पदाधिकारीले संयुक्त प्रेस बिज्ञप्ती जारी गरि केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रत्यासी रामकुमार चौधरीलाई कार्वाहीका लागि माग गरेको थियो ।
निर्वाचनको समयमा कार्यकर्ताहरुबाट भएका अन्तरघात र असहयोगका बिषयलाई लिएर बिभिन्न जिल्लाबाट आएका कार्वाहीका सिफारिसहरुमाथि कुनै कार्वाही नभएको काँग्रेसका केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
उहाँले निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने र उहाँका प्रस्ताव तथा समर्थकलाई भने पार्टीको साधारण सदस्यता समेतबाट निष्कासन गरिसकेको सचिव पराजुलीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ