News Category 2070/08/25
का“ग्रेसका कुनै नेता तथा कार्यकर्तालाई कारवाही भएन्
दैनिक संवाददाता
राजविराज, २४ मंसिर ।
संबिधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली काँग्रेस सप्तरीको क्षेत्र नम्बर ३ को समिक्षा बैठकले कार्वाहीका लागि सिफारिस गरेका चार जना नेता कार्यकर्तामाथि केन्द्रीय समितिले कार्वाही गरेको छैन् ।
निर्वाचनको समिक्षा गर्न क्षेत्र नम्बर ३ समितिको अगुवाईमा मंसीर १५ गते बसेको बैठकले काँग्रेसका तर्फबाट प्रत्यक्षतर्फ क्षेत्र नम्बर ३ का उम्मेदवार बन्नुभएका रामकुमार चौधरीलाई असहयोग र अन्तरघात गरेको भन्दै क्षेत्रीय सभापति रामकुमार यादव, नगरसभापति शम्भुलाल देव, महाधिबेशन प्रतिनिधी समीर कुमार झा र अजित कुमार मिश्र (पप्पु मिश्र) लाई कार्वाहीका लागि केन्द्रमा सिफारिस पठाउने निर्णय गरेको थियो ।
त्यो निर्णय भएको सार्वजनिक भएको भोली पल्टै क्षेत्रीय सभापति लगायतका पदाधिकारीले संयुक्त प्रेस बिज्ञप्ती जारी गरि केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का प्रत्यासी रामकुमार चौधरीलाई कार्वाहीका लागि माग गरेको थियो ।
निर्वाचनको समयमा कार्यकर्ताहरुबाट भएका अन्तरघात र असहयोगका बिषयलाई लिएर बिभिन्न जिल्लाबाट आएका कार्वाहीका सिफारिसहरुमाथि कुनै कार्वाही नभएको काँग्रेसका केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
उहाँले निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने र उहाँका प्रस्ताव तथा समर्थकलाई भने पार्टीको साधारण सदस्यता समेतबाट निष्कासन गरिसकेको सचिव पराजुलीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ