News Category 2074/09/28
काँग्रेसका पुराना नेता माझीको निधन
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
कांग्रेसका पुराना नेता राजविराज ३ निवासी शशीकुमार माझीको ५८ वर्षको उमेरमा भारतको दरभंगास्थित पारस अस्पतालमा विहिवार विहान ४ वजे निधन भएको छ ।
केही दिन यता उनी मृगौला रोगवाट पीडित थिए । २०३९ सालमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघवाट सभापति पदमा निर्वाचित भएका माझी पछि कांग्रेसको जिल्ला तहमा सकृय थिए । उनी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष समेत भएका थिए ।
उनलाई कांग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो । पार्टीका जिल्ला सभापति दिनेश यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, पुर्व मेयरद्वय गोविन्द सिंह, जगरनाथ दास, राजपाका अध्यक्ष सुनिल झा, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाका साथै सवै राजनितिक दलका स्थानीय नेतृत्व र सर्वसाधारणले स्वर्गिय माझिलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
शव यात्रामा जिल्लाका उद्योगी, ब्यवसायी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र स्थनीयवासी, विष्णुपुर गाउँपालिका ६ स्थित घाटमा पुगेका थिए । माझीका जेठा छोरा रितेशले पार्थिव शरिरमा दागवत्ति दिएका थिए । उनका दुई छोरा, १ छोरी र श्रीमती छन् । मृतक माझी पत्रकार एमके माझीका जेठा दाजु हुन् ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी, सप्तरी क्रिकेट संघका संस्थापक सदस्य, तरुण दलका जिल्ला सभापति र केन्द्रिय सदस्य समेत उनी भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ