News Category 2074/09/28
ग्लोबलको १७ औं वार्षिक साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष भोलारमण उप्रेतीले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले आ.व. २०५७÷०५८ देखि आ.व. २०७३÷२०७४ सम्ममा नगद तथा मुठिया बचत बाट ६५ करोडको कारोबार गर्न सफल भएको जानकारी दिए ।
उनले २४ हजार भन्दा बढी शेयर सदस्य रहेको बताउँदै आ.व. २०७२÷०७३ मा शेयर पुँजी १ करोड २ लाख ३ हजार ५ सयबाट बृद्धि भएर आ.व. २०७३÷०७४ मा १ करोड १६ लाख ३६ हजार ५ सय पु¥याउन सफल भएको जनाए ।
त्यसैगरी आ.व. २०७३÷०७४ मा १३ करोड ३६ लाख ७० हजार ५ सय ६ रुपैयाँ निक्षेप संकलन भएको भन्दै ९ करोड ८३ लाख १ हजार ३१ रुपैयाँ निक्षेप फिर्ता गरी ७ करोड ३६ लाख १७ हजार ८ सय ५६ ऋण लगानी गरी कुल २० करोड ५० लाख ७९ हजार २ सय ४२ पैसा ३ को कारोबार भएको जानकारी दिए । ७ लाख ७९ हजार ८ सय ६८ पैसा ४८ खुद मुनाफा गर्न सफल भएको अध्यक्ष उप्रेतीले बताए ।
यस्तै आ.व. २०७३÷०७४ मा युवा तथा सना व्यवसायी स्वरोजगार कोषको १० लाख र राष्ट्रिय सहकारी बैंक लिमिटेडको धितो कर्जा २ करोड २० लाख ५९ हजार ८ सय ४ पैसा ७२ र लघु कर्जा ११ लाख २० हजार ७ सय ४० पैसा १२ गरी जम्मा २ करोड ४१ लाख ८० हजार ५ सय ४४ रुपैयाँ रहेको तथा कोष र बैंकलाई गरी ४६ लाख ९१ हजार १ सय ८ पैसा ६१ कर्जा सापटी फिर्ता गरेको जनाएका छन् । यस्तै संस्थाले आ.व. २०७३÷०७४ मा ७ करोड ३६ लाख १७ हजार ८ सय ५६ कर्जा लगानी भएको उनले बताए ।
संस्थाका अध्यक्ष उप्रेतीको अध्यक्षता, अर्थविद डा. रामखेलावन यादवको प्रमुख आतिथ्य एवं सुर्या लाईफ इन्सोरेन्श कम्पनीको कार्यकारी प्रमुख अधिकृत शिवप्रताप पाण्डे विशेष आतिथ्यमा आयोजित तथा संस्थाका संस्थापक अध्यक्ष सुखराम यादवद्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष मुरली प्रसाद यादव, प्रबन्ध निर्देशक पंकज पोखरेल, सुर्या इन्सोरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख अधिकृत शिव प्रसाद पाण्डे, लेखा समिति संयोजक गणेशी साह, पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रमुख अतिथी यादवले कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गा, बरिष्ठ पत्रकार शिवहरी भट्टराई, बेल्ही चपेना गाउँपालिकाका अध्यक्ष परमान्नद यादव, तिलाठी कोईलाठी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, सुर्या इन्सोरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख अधिकृत शिव प्रसाद पाण्डे लगायतलाई सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ