News Category 2074/10/01
योग्यता र उमेरको हदबन्दी नलगाई समायोजन गर्न माग गर्दै सामाजिक परिचालकद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
सरकारले नेपाल भरीका ४ हजार ७ सय सामाजिक परिचालकहरुलाई कामबाट हटाएपछि अहिले उनीहरु आन्दोलित भएका छन् ।
यसैबीच नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलनलाई तिव्रता दिर्दै आईतवार काठमाडौंमा जुलुस प्रर्दशन गरेका छन् ।
आन्दोलन परिचानलन समितीका संयोजक मनिष बिमलीको नेतृत्वमा निकालिएको जुलुसमा समाज सेवा हाम्रो दायित्व र कटिबद्धता, समृद्ध नेपाल निमार्णमा सामाजिक परिचालनको आवश्यकताको नाराका साथ नेपाल सरकारले स्थानिय तह कर्मचारीमा योग्यता र उमेरको हदबन्दी नलगाई समायोजन गर्न माग राख्दै जुलुस प्रदर्शन गरेका हुन् ।
देश भरीका एक हजार भन्दा बढी समाजिक परिचालकहरुले काठमाडौंस्थित खुल्ला मैदानबाट शुरु गरेको जुलुस विभिन्न नारा दिदै माईती घर मण्डलामा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभामा अखिल नेपाल टे«ड युनियन महासंघका प्रकाश श्रेष्ठले ऐक्यबद्धता जनाउँदै सरकारले पुष १४ गते गरेको निर्णय कतै कतापी सही नरहेको बताउँदै अहिलेको समयमा सरकारले युवालाई रोजगार दिने समयमा बेरोजगार गर्नु उचित नरहेको बताए ।
यस्तै उनले आफूहरु पनि यस निर्णयको बिरोधमा रहेको बताउँदै सरकारले देश भरीका पाँच हजार सामाजिक परिचालकहरुलाई स्थानिय तहमा समायोजन नगरेमा सामाजिक परिचालकहरुका आन्दोलनमा महासंघले पुन रुपमा सहयोग गर्ने बताए ।
यस्तै नेपाल ट्र्ेड युनियन काँग्रेसका डिपी अर्यालले पनि सामाजिक परिचालकहरुको आन्दोलनमा सक्रिय रही सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्यालले आठ बर्षदेखि कार्यरत कर्मचारीलाई यसरी बाहिर प्mयाल्ने प्रक्रिया पुनः रुपमा गलत रहेको दाबी समेत गरे । उनले निर्णयलाई चाडो भन्दा चाडो नसच्याए आफ्नो संगठनले पनि सामाजिक आन्दोलनमा सहयोग गर्दै सडक आउने चेतावनी दिए ।
सोही सभामा काठमाडौं जिल्लाका नेपाल तरुण दलका अध्यक्षले कृष्णजी खड्गाले सामाजिक परिचालक देशमा जनप्रतिनिधि नभएको अवस्थामा राष्ट्र हाक्नमा अत्यधिक सहयोगी भुमिका खेलेकाले गर्दा सामाजिक परिचालकहरुलाई हटाउनु ठूलो गल्ती भएको बताए । उनले पनि सामाजिक परिचालकहरुको आन्दोलनमा सबै प्रकारको सहयोग गरिने प्रतिबद्धता गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ