News Category 2074/10/01
जिप्रकाद्वारा १ सय १५ अपाङ्गता भएका ब्यक्तिलाई स्लिपिङ्ग ब्याग बितरण
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
दुई सतादेखी बढेको शीतलहर र अत्याधिक चिसोका कारण जनजिवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार अपाङ्गता भएका व्यक्तिहरुलाई राहत बितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र प्रशासकिय अधिकृत रोहित भटराईले बिभिन्न ठाउँबाट आएको १ सय १५ जना अपाङ्गता भएका ब्यक्तिलाई एक सेटका दरले स्लिपिङ्ग ब्याग बितरण गरेका हुन् । अपाङ्गता भएका मध्ये १ सय ५ जना अपाङ्ग र १० जना दृष्टिबिही रहेको जनाइएको छ ।
यस्तै मधेशी अपाङ्ग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले समेत जिल्लाका ५० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र क्लवका अध्यक्ष इन्जिनियर सुर्यनारायण यादवले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरेका हुन् । .
संस्थाद्वारा यस अघि चिसोले पीडित एक दर्जन गाउँका गरिब एवम् विपन्न समुदायलाई कम्वल वितरण गरिसकिएको क्लवका अध्यक्ष यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ