News Category 2074/10/01
६२ हिंसा पीडितमध्ये ६ जना पुरुष पनि
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
चार महिनाको अवधिमा हिंसा पीडित ६२ जनालाई उपचारलगायतको निशुल्क सेवा दिएको जानकारी दिइएको छ । जसमध्ये ६ जना पुरुष पनि रहेका छन् ।
अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा आइतबार बसेको बैठकले सो जानकारी दिएको हो ।
सो बैठकमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्र्सन मनिषा सिम्खडाले सबैभन्दा बढी घरेलु हिंसाबाट पीडित २९ जनालाई सेवा दिइएको जानकारी दिइन् ।
शारिरीक चोटपटकका २०, यौनजन्य हिंसाका १०, मानसिक यातनाका एक र वेवारिसे दुई जना गरी ६२ जना पीडितलाई उपचारलगायतको सेवा उपलब्ध गराइएको जानकारी दिँदै सेवा पाएका लैङ्गिक हिंसा पीडितमध्ये ६ जना पुरुष पनि रहेको बताइन् ।
हिंसा पीडितहरुमध्ये ४२ जना प्रहरीको समन्वयमा, १० जना सुरक्षित आश्रय केन्द्रको समन्वयमा र एकजना गैससको समन्वयमा आएपनि नौ जना स्वयं सेवा लिन आएका थिए ।
चार महिनाको अवधिमा सबैभन्दा बढी १५ देखि ४९ वर्ष उमेरका ५० जना पीडितले सम्पर्कमा आई सेवा लिएका छन् । १४ वर्ष भन्दा कम उमेरका ६ जना, ५० देखि ६५ वर्ष उमेरका चार जना तथा ६५ वर्षभन्दा माथिका दुई जनाले सेवा पाएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हिंसा पीडितहरुलाई जाँच, स्वास्थ्योपचार, शारीरिक परिक्षण, मनोविमर्श, एचआइभी परिक्षण, गर्भ परिक्षण, सुरक्षित गर्भपतनलगायतको सुविधा निःशुल्क दिइएको छ । एउटै पीडितलाई धेरै किसिमको सेवा दिनु परेको जनाउँदै सिम्खडाले उपचार गरिएका पीडितमध्ये ३४ जनाको शारिरीक परिक्षण, ४१ जनाको विधि विज्ञान तथा मेडिकल जाँच, ५१ जनाको घाउ चोटपटक उपचार, २६ जनालाई मनोसामाजिक परामर्श, नौ जनाको गर्भ परिक्षण, पाँच जनाको एचआइभी परिक्षण गरिएको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ