News Category 2074/10/04
चोरी गरिएको सुनचाँदीका गरगहनासहित चार पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
सप्तरी छिन्नमस्ता गाउँपालका ३ स्थित एक सुन चाँदी पसलबाट सुन, चाँदीका गहना तथा नगद चोरी गरेको आरोपमा चार जनालाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार पत्रकार सम्मेलन गरि चोरीको आरोपमा पक्राउ परेका चार जनासहित बरामद गरिएको सामानहरु सार्वजनिक गरिएको हो ।
छिन्नमस्तास्थित राजेश्वर साहको अन्जनी सुन चाँदी पसलको पर्खाल फुटाई ३५ किलो चाँदी, १२ तोला सुन र नगद १ लाख ८८ हजार बराबरको धनमाल चोरी भएको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यता चोरीको आरोपमा पक्राउ परेकाहरुमा राजविराज नगरपालिका ४ निवासी मुरली कुमार साह, छिन्मस्ता गाउँपालिका ५ निवासी संतोष कुमार साह सुनार, शत्रुधन साह सुनार र सोही स्थानका महेश यादव रहेका छन् ।
चोरीको आरोपमा पक्राउ परेकाहरुले चोरेको रकमबाट एक नयाँ मोटरसाइकल समेत खरीद गरेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल उदयपुरको शोरुमबाट खरीद गरिएको प्रहरीको भनाइ छ ।
यस्तै प्रहरीले उनीहरुको साथबाट सुनचाँदीहरु मध्ये काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, सादा चुरा १२ थान, पंचक ५ थान, विभिन्न मोडेल र साईजको बाला सात थान, पायल १६ थान, दुईहारे सिक्री २० थान, पाउजु ५१ थान, ब्रासलेट १२ थान, सिक्री ४५ थान, चुरी ठूलो एक थान, सानो २ थान, काटीएको बेरुवा एक थान, औठी ४९ थान, बिच्छी ४२ थान, चक्ति १७ थान, गणेश भगवानको मुर्ती एक थान, सिंदुर क्याप एक थान, पैसा सानो र ठूलो ११ थान, पुरानो लाम्चो सिक्का एक थान, सुनचाँदी तौल गर्ने मेसीन एक थान रहेको छ ।
त्यस्तै बरामद भएका अन्य सामानहरुमा चाँदीको रड तीन थान, चाबी चार थान र झोला एक थान रहेको छ भने चोरी गरिएको नगदबाट खरीद गरिएको ना ४९ प १९०७ नं. को मोटरसाइकल समेत रहेको छ ।
यता पक्राउ परेकाहरुलाई चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ