News Category 2074/10/11
प्रदेश २ मा महिला, अल्पसंख्यक र दलित उम्मेदवार निर्विरोध हुने ! चार खुल्ला सीटमा पाँचको उम्मेदवारी परेकोमा चुनाव हुने
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
राष्ट्रिय सभाका लागि प्रदेश नम्बर २ को उम्मेदवारी दर्ता जनकपुुरमा बुधबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर २ को निर्वाचन कार्यालयमा ९ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन । प्रदेश नम्बर २ मा ३ सय ७९ मतदाता रहेका छन् ।
उम्मेदवारी दर्ता गराउनेहरुमा राष्ट्रिय जनता पार्टीका वृषेश चंद्र लाल, रमेश यादव, संघिय समाजवादी फोरमका प्रमिला दास, रामप्रीत पासवान, नेपाली काँग्रेसका मुक्ता यादव, जितेन्द्रनारायण देव, माओवादी केन्द्रका शशिकला दाहाल, एमालेका सुमन प्याकुरेल र नेपाल संघिय समाजवादी पार्टीका मोहम्मद अख्तर रहेका छन ।
उम्मेदवारहरु जनकपुर बजारमा जुलुस लगाएर उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।
यसैबीच प्रदेश नम्बर २ मा खुल्लाका लागि मात्रै चुनाब हुनेछ । सम्पन्न उम्मेदवारी दर्तामा सिट संख्या जतिकै महिला, अल्पसंख्यक र दलितमा उम्मेदवारी परेकोले यी पदमा चुनाब नहुने देखिएको छ ।
महिलामा माओवादी केन्द्रका शशिकला दहाल, संघिय समाजवादी फोरमका प्रमिला दास, नेपाली काँग्रेसका मुक्ता यादव, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टीका वृषेश चन्द्र लाल र दलितमा रामप्रित पासवानको उम्मेदवारी परेको छ । उनीहरु निर्विरोध हुने सम्भावना रहेको छ ।
यसैगरी खुल्ला तर्फ चार सीट रहेकोमा राष्ट्रिय जनता पार्टीका रमेश यादव, नेपाली काँग्रेसका जितेन्द्रनारायण देव, एमालेका सुमन प्याकुरेल र नेपाल संघिय समाजवादी पार्टीका मोहम्मद अख्तरगरि पाँचको उम्मेदवारी परेकोमा अब चुनाव हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ