News Category 2074/10/12
लोकतान्त्रिक गठबन्धनले अन्य पार्टीलाई मात्र फाइदा ः डा. कोइराला
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर अन्य पार्टीका नेताहरुलाई जिताउन सहयोग गरेको तर, काँग्रेसलाई ती पार्टीहरुबाट सहयोग नभएको आरोप लगाएका छन् ।
राजविराजस्थित छिन्नमस्ता डेरी उद्योगको बिहीबार उद्घाटन पश्चात् पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै डा. कोइरालाले काँग्रेस फोरम, राजपा, नयाँ शक्ति, राप्रपा लगायतका नेताहरुलाई जिताउनमात्र लागेको तर, आफ्नै पार्टीका नेताहरुलाई जिताउन ती पार्टीसँग शिर्ष नेतृत्वले भरपर्दो पहल नगरेको टिप्पणी गरे ।
काँग्रेस पार्टीले निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेको भन्दै डा. कोइरालाले निर्वाचनमा लोकतान्त्रिक गठबन्धन उपेन्द्र यादव, महन्थ ठाकुरका लागि मात्र फलदाय भएको जिकिर गरे । एक अर्को प्रसङ्गमा डा. कोइरालाले काँग्रेस पार्टीको नेतृत्व लिन कोइराला परिवार सक्षम रहेको बताए ।
यसअघि डा. शेखर कोईरालाले रिबन काटेर छिन्मस्ता डेरी उद्योगको उद्घाटन गरेका थिए । राजविराज ७ स्थित सिरहा रोडस्थित खर्सालमा ३ करोड २५ लाखको लागmसनीमा संचालनमा आएको उक्त डेरीमा सबै प्रकारको दुग्धजन्य पदार्थको उत्पादन गर्ने क्षमता रहेको संचालक सत्यनारायण शर्माले जानकारी दिएका छन् ।
उनले दैनिकी २५ हजार लिटर दुध प्रशोधित गर्न क्षमता रहेको उद्योगले जिल्लामा रहेको दुग्धजन्य पदार्थको अभावलाई पुरा गर्ने लक्ष्य समेत राखेको बताए । जिल्लामा हाल १ लाख लिटर दुधको खपत रहेको जनाउँदै त्यसलाई पुर्तीका लागि आफूहरु सक्दो प्रयास गर्ने उनले बताए । हाल जिल्लामा ४५ हजार लिटर दुध मात्र उत्पादन भइरहेको उनले जानकारी समेत दिए ।
यो सँगै सप्तरीमा डेरी उद्योगको संख्या तीन पुगेको छ । यसअघि जिल्लामा मिलन र शुभम डेरी उद्योग संचालनमा रहेको छ भने दर्जन बढी अन्य दुध बिक्रि वितरण केन्द्र समेत रहेको छ ।
उद्घाटनको अवसरमा प्रतिनिधि सभा सप्तरी क्षेत्र नं. ३ का सांसद चन्द्रकान्त चौधरी, नेपाली काग्रेस पूर्व केन्द्रीय सदस्य रामकुमार चौधरी, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, सहायक प्रजिअ नरबहादुर खडका, कंचनरूप नपाका उपप्रमुख निरू पोखरेल, कृष्णा साईर सवरण गाँउपालिका उपाध्यक्ष मिना चौधरी, जिल्ला जनस्वास्थ प्रशाशक ज्ञानबहादुर बस्नेत, नेपाली काग्रेस सप्तरी सचिव रामकुमार यादब, ललन गुप्ता विभिन्न पाटीका नेता, कार्यकर्ता तथा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायत स्थानिय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ