News Category 2074/10/13
वैशाख ३ गते तिलाठीमा बृहद स्वास्थ्य शिविर संचालन हुने
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको तिलाठीमा आउँदो वैशाख ३ गते बृहद स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
शिवरबारे जानकारी दिने उद्देश्यले शुक्रबार राजविराजमा लाइन्स क्लबका कार्यक्रम संयोजक मनोज सापकोटाले पत्रकार सम्मेलनको आयोजना गरी शिविरमा सर्वसाधारण बिरामीको शरिरको पूर्ण स्वास्थ्य परीक्षणसहित दाँत सम्बन्धी सम्पूर्ण उपचार र सेवा प्रदान गरिने जानकारी दिए ।
अमेरिकास्थित कैलाश मेडिकल फाउण्डेसन र लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट फोर सि थ्री को संयुक्त आयोजनामा २०१८ अप्रिल १६ तारेख अर्थात २०७५ बैशाख ३ गते तिलाठीमा वृहत स्वास्थ्य शिविर आयोजना हुने जनाइयो । यस्तै सोही शिविर २०७४ चैत २९ अर्थात २०१८ अप्रिल १२ तारेखमा इटहरी हुने जनाइएको छ ।
उक्त शिविरमा आमेरिकाका १३ जना दक्ष एवं विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्तिको उपस्थिति रहनुका साथै नेपाली चिकित्सक र स्वास्थ्य प्राविधिकहरुको समेत सहभागिता रहने आयोजकले वताएको छ ।
सुनसरीको इटहरीलाई विगतमा कर्मथलो बनाई लामो समय शिक्षण अध्यापन र समाज सेवाको क्षेत्रमा संलग्न रही हाल १५ वर्षदेखि अमेरिकाको क्यालीफोर्नीयामा बस्दै आएका लाइन्स क्लबका गभर्नर राजेन थापाको सक्रियतामा उक्त शिविरको आयोजना हुन लागेको जानकारी समेत उनले दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ