News Category 2074/10/15
नगरको विकास पहिलो प्राथमिकता ः नगर प्रमुख यादव
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
राजविराज नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो तीन महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।
गणतन्त्र नेपालको पहिलो पटक सम्पन्न स्थानिय तहको निर्वाचनपछि अहिले सबै स्थानिय तहका जननिर्वाचित प्रतिनिधिहरुले विकासीय कार्यलाई प्राथमिकतामा राखि कार्य अगाडी बढाइरहेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजविराज नगरपालिकाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले राजविराजको समग्र विकासमा यहाँको जनताहरुले सहयोग गर्ने अपेक्षा समेत राखेका छन् ।
पत्रकार सम्मेलनमा प्रमुख यादवले राजविराज नगरपालिकाकाले आर्थिक वर्ष २०७४÷७५ को योजनाहरु बारे जानकारी दिँदै यस वधीमा अधुरो रहेको बस पार्क, सहिद पार्क, फोहर मैलाका लागि ल्याण्ड साइड, सहकारी संघका लागि कोल्ड स्टोरेजका लागि जग्गा प्रदान गर्ने लगायतका कामहरु अगाडी बढाइएको जानकारी दिए ।
उनले रिंग रोड र रंगशाला निर्माणका लागि डिपिआरको कार्य अगाडी बढेको जानकारी दिँदै नगरस्तरिय ढल, नालाको व्यवस्थापन गर्ने कार्यलाई समेत तदारुकताका साथ बढाएको बताए । त्यस्तै अस्पताललाई सुधारोन्मूक र सुविधाजनक बनाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
उनले नगरभित्रको अतिक्रमणलाई हटाउने कार्य र फोहरलाई व्यवस्थित गर्ने तर्फ सप्तरी यूथको जिम्मा लगाएको बताए ।
यस्तै पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै प्रमुख यादवले छाडा सुंगुर, चौपाया व्यवस्थापनका लागि आफ्नो ध्यानकेन्द्रित भएको र विगतदेखी नियन्त्रण गर्ने चलिरहेको कार्यलाई अझ सक्रियाताका साथ अगाडी बढाउने जिकिर गरे ।
सो पत्रकार सम्मेलनमा उपप्रमुख साधना झा, कार्यकारी अधिकृत उमेश यादव, १६ वटै वडाका अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ