News Category 2074/10/15
नगरको विकास पहिलो प्राथमिकता ः नगर प्रमुख यादव
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
राजविराज नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो तीन महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।
गणतन्त्र नेपालको पहिलो पटक सम्पन्न स्थानिय तहको निर्वाचनपछि अहिले सबै स्थानिय तहका जननिर्वाचित प्रतिनिधिहरुले विकासीय कार्यलाई प्राथमिकतामा राखि कार्य अगाडी बढाइरहेको छ ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजविराज नगरपालिकाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले राजविराजको समग्र विकासमा यहाँको जनताहरुले सहयोग गर्ने अपेक्षा समेत राखेका छन् ।
पत्रकार सम्मेलनमा प्रमुख यादवले राजविराज नगरपालिकाकाले आर्थिक वर्ष २०७४÷७५ को योजनाहरु बारे जानकारी दिँदै यस वधीमा अधुरो रहेको बस पार्क, सहिद पार्क, फोहर मैलाका लागि ल्याण्ड साइड, सहकारी संघका लागि कोल्ड स्टोरेजका लागि जग्गा प्रदान गर्ने लगायतका कामहरु अगाडी बढाइएको जानकारी दिए ।
उनले रिंग रोड र रंगशाला निर्माणका लागि डिपिआरको कार्य अगाडी बढेको जानकारी दिँदै नगरस्तरिय ढल, नालाको व्यवस्थापन गर्ने कार्यलाई समेत तदारुकताका साथ बढाएको बताए । त्यस्तै अस्पताललाई सुधारोन्मूक र सुविधाजनक बनाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
उनले नगरभित्रको अतिक्रमणलाई हटाउने कार्य र फोहरलाई व्यवस्थित गर्ने तर्फ सप्तरी यूथको जिम्मा लगाएको बताए ।
यस्तै पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै प्रमुख यादवले छाडा सुंगुर, चौपाया व्यवस्थापनका लागि आफ्नो ध्यानकेन्द्रित भएको र विगतदेखी नियन्त्रण गर्ने चलिरहेको कार्यलाई अझ सक्रियाताका साथ अगाडी बढाउने जिकिर गरे ।
सो पत्रकार सम्मेलनमा उपप्रमुख साधना झा, कार्यकारी अधिकृत उमेश यादव, १६ वटै वडाका अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ