News Category 2074/10/15
प्रदेश नं. २ का सबै उम्मेदवार निर्विरोध
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि ८ वटै उम्मेदवार निर्विरोध भएका छन् ।
संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताए ।
हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रियसभा सदस्यका लगि ८ सिट रहेको यस प्रदेशमा राजपा, फोरम र काँग्रेसका २÷२ जना तथा एमाले र माओवादीबाट एक एक जना निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो ।
महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए । राष्ट्रियसभा सदस्यका लागि यस प्रदेशबाट ९ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ