News Category 2074/10/17
आइडिएलद्वारा एक लाख २८ हजारको सामाग्रि महासंघलाई हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
आइडिएल सहकारी संस्था राजविराजले मंगलबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखा प्रयोजनका लागि विभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको छ ।
महासंघको भवनमा आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष गणेश आसले महासंघका अध्यक्ष जितेन्द्र खड्गालाई १ लाख २८ हजार मुल्य बराबरको टेबल, कुर्सी, सोफासेट, पंखा लगायतका सामाग्रिहरु हस्तान्तरण गरे ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष आसले सामाजिक कार्यमा संस्थाले अग्रसरता देखाउने क्रममा महासंघलाई नै सो मुल्य बराबरको सामाग्रिहरु पहिलो पटक हस्तान्तरण गरेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै संस्थाका संचालक सदस्य एवं राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले संस्थाले सामाजिक क्षेत्रको सुधार गर्ने अन्य संस्थाहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष खड्गाले आइडियलले गरेको भौतिक समाग्रि सहयोगबाट महासंघलाई सामाजिक क्षेत्रमा कार्य गर्न ठेवा पुगेको बताए । उनले आगामी दिनहरुमा महासंघ र त्यसमा आवद्ध सम्पूर्ण संचारकर्मीहरुले समाजमा रहेको कुरतीहरुलाई उजागर र सकारात्मक कार्यलाई प्रोत्साहित गर्न अग्रसरता देखाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
महासंघका अध्यक्ष खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि भट्टराई, आइडियलका संचालक सदस्य बिजयानन्द झा लगायतका वक्ताहरुले यस्ता सहयोगहरुबाट पत्रकारहरुको हौसला बढ्ने र अन्य संस्थाहरुलाई सामाजिक कार्यमा सहयोग गर्न प्रेरणा मिल्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ