News Category 2074/10/18
मधेशको समस्या समाधान गर्न पुलको दायित्व निर्वाह गर्ने ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसाय संघ राजविराजले बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित प्रदेश सभा सदस्य नेत्र विक्रम साह र राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेललाई सम्मान गरेको छ ।
प्रदेशसभा सदस्य साह संघका सहसचिव र प्याकुरेल संघका शुभचिन्तक रहेका छन् ।
संघका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा सदस्यद्वय साह र प्याकुरेललाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
सम्मानित राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले निर्वाचनमा बिजयीपछि आफूनो दायित्व परिवर्तन भएको बताएका छन् । उनले एमालेको प्रतिनिधित्व गर्दै अब मधेशी दल र बाम गठबन्धनको तर्फबाट मधेशको समस्या समाधान गर्न पुलको दायित्व निर्वाह गर्ने बताए ।
नेकपा एमाले सप्तरीका इन्जार्च समेत रहेका प्याकुरेलले निर्वाचनको परिणाम पश्चात् प्रदेश नं. २ मा सबै जातजातीको प्रतिनिधित्व पाएको जिकिर समेत गर्दै प्रदेश समृद्धिको तर्फ उन्मुख भएको उल्लेख गरे ।
विगतमा मेधशको जल, जमिन उपयोग गरेर शासक वर्गले मधेशीलाई वेवास्ता गरेकै कारणले दुरी बढेकोले अब सो दुरीलाई कम गर्न आफूले नयाँ ढंगले दायित्व निर्वाह गर्ने बताए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य नेत्र विक्रम साहले आफ्नो जिम्मावारी समेत बढेकोले जनताको हितमा काम गर्ने बताए ।
संघका अध्यक्ष यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरेराम यादव, उपाध्यक्ष रामनारायण साह, सचिव दिवश कुमार श्रोष्ठ, कोषाध्यक्ष श्रीलाल शर्मा, सदस्यहरु श्रीप्रसाद यादव, प्रविण कुमार झा, दिनेश कुमार यादव, रघुनाथ दास, खुबलाल यादव लगायतले सदस्यद्वयलाई सम्मान समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ