News Category 2074/10/19
डोम समुदायका व्यक्तिहरुलाई चिया पिउनबाट बञ्चित गर्दै दुव्र्यहार, दुव्र्यहार गर्नेमाथी कारवाहीको माँग
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
दलित अन्तरगत भनिएको डोम जातीलाई अहिलेको २१ औं शताब्दीमा समेत छुवाछुतको भावनाले दुव्र्यहार गर्ने परम्परा सप्तरीमा कायमै रहेको बिहीबार भएको एक घटनाले उदाङ्गो पारेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा रहेको आधा दर्जन चिया पसलमा डोम समुदायका व्यक्तिहरुलाई बिहीबार चिया पिउनबाट बञ्चित गरिएको सो घटना प्रकाशमा आएको हो ।
उक्त घटना लगत्तै सो सम्बन्धमा डोम समुदायका व्यक्तिहरुले प्रहरी चौकी कठौनामा निवेदन दिन जाँदा प्रहरीले समेत निवेदन दर्ता गर्न नमान्दा उनीहरु थप मर्कामा परेका छन् ।
शम्भुनाथ नगरपालिका वडा नंं ६ स्थित बिरेन्द्र साह, गणेश साह, लक्ष्मी चौधरी, बैजु साह, रामु साह र नारायण साह चिया पसले डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, राजेन्द्र मरिक, जुगाई मरिक, महेन्द्र मरिक, सरयुग मरिक, कपलेश्वर मरिक, प्रमेश्वर मरिक र जामुन मरिकलाई चिया नास्ता पसलमा पस्न समेत नदिई दुव्र्यहार गरेका छन् ।
ती चिया नास्ता पसलेहरुले डोम जाति भनी अपहेलित गरेर पसलमा बसेर खान नदिने भन्दै दुरव्र्यहार समेत गरेको डोम उत्थान सतिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले आरोप लगाएका छन् ।
मरिकले ती चिया पसलेहरुलाई जातिय भेदभाव तथा छ्ुवाछुत सजाय कसुर ऐन २०६८ बमोजिम कार्यवाही गरी उचित न्यायका लागि सरोकारवालाहरुसँग माँग समेत गरेका छन् ।
यता अधिवक्ता सुजित पोखरेलले जातिका आधारमा छ्ुवाछुत गरिनु अपराध भएको बताउँदै सो अपराधमा जातिय भेदभाव तथा छ्ुवाछुत सजाय कसुर ऐन २०६८ अन्तरगत तीन महिनादेखी एक वर्ष सम्म कैद र एक हजारदेखी २५ हजारसम्म जरिवाना गर्ने सजाय कानुनले गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ