News Category 2074/10/22
चालु आ.ब. २०७४÷७५ को लागि तिलाठी कोइलाडी गापाको गाउँ सभा सम्पन्न
दैनिक समचारदाता
राजविराज, २१ माघ ।
चालु आ.ब. २०७४÷७५ को लागि यस गाउँपालिकाको गाउँ सभा आइतबार सम्पन्न भएको जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहद्वारा आइतबार साँझ जारि विज्ञिप्तमा सो सभा सम्पन्न भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा गाउँ सभाको दुई तिहाई सदस्यले गाउँपालिकाको केन्द्र तिलाठीबाट कोइलाडीस्थित जिरिया हाटमा सार्ने निर्णय समेत गरेको जनाइएको छ ।
यस्तै विज्ञप्तिमा गाउँपालिकाको केन्द्र सार्ने निर्णयबाट असन्तुष्ट भएका वडा नं. १ तिलाठीका केही उच्छृंखल ब्यक्तिहरुले तिलाठीस्थित पाठशालामा निर्माण भईरहेको मञ्च तोडफोड तथा आगजनी गरेको उल्लेख गर्दै गाउँ सभाको निर्णय सार्वजनिकीकरण गर्न उक्त मञ्च निर्माण भईरहेको हुँदा तोडफोड तथा आगजनी गरिएकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यस्तै उक्त कार्यप्रति खेद प्रकट गर्दै कुनै पनि निर्णयबाट असन्तुष्ट भए त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा तोडफोड तथा आगजनी जस्ता उच्छृंखल ब्यवहार गर्नु खेदजनक रहेको जनाइएको छ ।
सोही विज्ञप्तिमा त्यस्ता उच्छृंखल ब्यक्तिहरुमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग समेत गरिएको छ । गाउँसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रम माघ २२ गते सोमबार कोइलाडीस्थित जिरिया हाटमा विहान ११ बजेदेखि हुने समेत सोही विज्ञप्तिमार्फत सम्बन्धित सबैमा जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ