News Category 2070/03/03
एक सय चौधमध्ये सप्तरीको ३७ गाविस मात्र सफल ७७ गाविससँगै जिविस पनि फेल
दैनिक संवाददाता
राजविराज, २ असार ।
सप्तरी जिल्लाका कुल गाविसमध्ये अधिकांस गाविस न्यूनतम शर्त मापनमा असफल भएको छ । अधिकांस गाविस असफल भएसँगै जिल्ला विकास समिति पनि असफलको सूचीमा परेको छ ।
यसअघि आर्थिक वर्ष ०६६÷०६७ मा पनि असफल भएको जिविस सप्तरी दोस्रो पटक न्यूनतम शर्त मापनमा असफल भएको हो ।
स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले प्रत्येक बर्ष प्रकाशन गर्ने नतिजा अनुरुप यस पटक जिल्लाका १ सय १४ मध्ये ७७ वटा गाविस न्यूनतम् शर्त समेत पूरा नगर्दा असफल भएको हो ।
जिल्लाको त्रिकौल, मधवापुर, औरही, नर्घो, धनगढी, सारस्वर, रौतहट, गोइठी, २ नं. योगिनियाँ, पोर्ताहा, भारदह, पन्सेरा, बनैनियाँ, रुपनगर, खोक्सर प्रवाहा, कल्याणपुर, शम्भुनाथ, गोबरगाढा, पिप्रा पूर्व, घोघनपुर, रामपुर जमुवा, फर्सैठ, इनर्बा फुलबडिया, बनौली, मैन्हा सहश्रबाहु, मानराजा, कटैया, कविलासा, तेरहौता, बनौला, खोक्सर प्रवाहा, बसबिट्टी, देउरी, बैरबा, बथनाहा, बभगनगामा कट्टी, ब्रम्हपुर, अर्नाहा, पत्थरगाडा, सिस्वा बेल्ही, मधुपट्टि, दौलतपुर, हर्दिया, पिप्रा पश्चिम, तिलाठी, देउरी र सकरपुराले समेत न्यूनतम् शर्त पूरा नगर्दा असफल भएको जिविसका कार्यक्रम अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कंचनपुर, मौवाहा, मल्हनियाँ, बेल्ही, डाढा, महदेवा, भगवतपुर, सिम्राहा सिंगियौन, मलेकपुर, दिघवा, मलेठ, को. बर्साइन, रामनगर, बोदे बर्साइन, टिकुलिया, हरिपुर, कोचाबखारी, फकिरा, बकधुवा, लोहजारा, जण्डौल, प्रसबनी, हरिहरपुर, पकरी, भुतही, तरही, बेल्ही चपेना, लौनियाँ, विषहरिया, रम्पुरा मल्हनियाँ, मयनाकडेरी गाविस न्यूनतम् शर्त पूरा नगरी असफलको सूचीमा परेका छन् ।
यस आर्थिक बर्षमा असफल भएका २२ वटा गाविस आव. २०६७÷०६८ मा समेत असफल भएको थियो ।
त्यस्तै आर्थिक बर्ष ०६६÷०६७ मा सप्तरीको औरही, बनैनियाँ, बनरझुला, बनौला, भगवतपुर, भुतही, डाढा, धनगढी, खड्गपुर, खोक्सर प्रवाहा, कोइलाडी, मधवापुर, मल्हनियाँ, मौवाहा, पटेर्वा, रामनगर, सिम्राहा सिंग्यौन, तेरहौता, टिकुलिया, त्रिकौल, हनुमाननगर, पत्थरगाडा गरी २२ वटा गाविसले न्यूनतम् शर्त पूरा गर्न सकेको थिएन् ।
न्यूनतम शर्त पूरा गरेका गाविसहरुले गाविसमा छुट्टयाइएको बजेटसँगै थप रु २ लाख २९ हजार पाउनेछ । यस्तो पाउनेमा ३७ गाविस रहेको छ ।
गविसहरु असफल भएसँगै जिल्ला विकास समिति सप्तरी पनि दोस्रो पटक असफल भएको छ । न्यूनतम् शर्त पूरा गरी कार्य सम्पादनमा असफल भएको सप्तरी जिविसको २० प्रतिशत अनुदान कटौती हुने पक्का छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ