News Category 2070/08/28
न्याय माग्दै लिलादेवी सदरमुकाममा
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
आफुलाई कुटपिट गरी पतिले अर्काेपछि न्याय माग्न सप्तरीको काचन गाविसकी लिला यादव सदरमुकाम राजविराज आईपुगेकी छिन् ।
घरायसी बिवादमा आफुलाई शारिरीक र मानसिक यातना दिई आफ्ना पति सप्तरीको काचन गाविस– ९ निवासी हरिनारायण यादवले अर्काेसँग बिवाह गरेपछि आफु बिजोगमा परेको लिलादेवीको दुखेसो छ ।
न्याय माग्न राजविराज आईपुगेकी लिलाले सञ्चारकर्मीसमक्ष आफ्ना बेदना पोख्दै आफुलाई कुटपिट गरि घरबाट निकाला गर्दै पलिे अर्काे बिवाह गरेपछि आफु माईतीमै बस्दै आएको लिलाको दुखेसो छ ।
यही मंसीर २२ गते आफ्ना पतिले सप्तरीको रामनगर गाविस–७ निवासी उत्तिमलाल यादवको नाम थाहा नभएको २१ बर्षीय छोरीसँग अर्काे बिवाह गरि उतै बसेपछि माईतीमै शरण लिनुपरेको उहाँको दुखेसो छ ।
गत २०६५ साल फाल्गुन २४ आफु र हरिनारायण बिच समाजिक परम्परा अनुसार बिवाह भएपनि बिवाह दत्र्ता र नागरिकता समेत नबनाई अर्काे विवाह गरेकोले आफु बिजोगमा परेको लिलाले बताईन् ।
आफुले बिवाह दत्र्ता बनाईदिन आग्रह गर्दा माईती पक्षका सबैले किन बिवाह दत्र्ता चाहियो भन्दै उल्टै हप्काउने, डराउने गरेको भन्दै लिलाले आफ्ना पतिलाई अर्काे बिवाह गराउन आफ्ना ससुरा झमेली यादव, जेठाजुहरु सकल यादव, सुर्यनारायण यादव लगायतले भुमिका निर्वाह गरेको लिलाको आरोप छ ।
न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दत्र्ता गराउन लागेकोले आफुलाई न्याय दिलाउनका लागि पहल गरिदिन सञ्चारकर्मी, अधिकारकर्मी लगायतसँग लिला आग्रह गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ