News Category 2074/10/26
गिलेशन व्यवसायीले चार बुँदे माँग राख्दै ज्ञापन बुझायो
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
गिलेशन व्यवसायी व्यवस्थापन समिति राजविराज ७, हटियाले चार बुँदे माँग राख्दै राजविराज नगरपालिका समक्ष ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाले गुदडी हटियामा पसल कवल निर्मांण गर्नका लागि हटिया क्षेत्र भित्र रहेका पसलहरुलाई खाली गर्न १५ दिने सूचना जारी गरिएपछि अहिले गिलेशन व्यवसायीहरु संघर्ष तथा वार्ता समिति गठन गरि ती माँगहरु अघि सारेको छ ।
गठित संघर्ष तथा वार्ता समितिमा मो. अयुब सिद्धिकी, सोनाई दास, बैजनाथ जोशी, समिम अंसारी र मनोज साह रहेका छन् ।
यता बुझाइएको ज्ञापनमा विकास निर्माणको क्रममा गिलेशन खाली गराउँदा व्यवस्थित रुपमा अन्यत्र व्यवस्थापन गर्नुपर्ने, गिलेशन उपभोक्ता व्यवसायीहरुले निर्शत पुनः गिलेशन यथाावस्थामा उपभोग गर्न पाउनुपर्ने लिखित सम्झौता हुनुपर्ने रहेका छन् ।
त्यस्तै हालको स्थानमा रहेका गिलेशन पसलहरुलाई नयाँ निर्माणपछि साविककै क्रम अनुसार राखिनु पर्ने प्रतिबद्धता र निर्माण हुने नयाँ गिलेशनहरुको समय अवधी सुनिश्चित गरी खण्ड खण्ड रुपमा कार्य गर्नुपर्ने माँग अघि सारेको छ ।
साथै ज्ञापनमा विकास निर्माणको क्रममा व्यवसायीहरु माथी कुनै कुठाराघात नहुनेप्रति ध्यान केन्द्रित गराउँदै विकास निर्माण कार्यमा बाधक नभई साधक हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ