News Category 2074/10/26
संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्छ ः संयोजक ठाकुर
दैनिक समाचारदाता
जनकपुर, २५ माघ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभा सदस्यमा राजपाबाट निर्विरोध निर्वाचित बृषेशचन्द्र लाल र रमेश यादवलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै संयोजक ठाकुरले विभिन्न प्रदेशमा जनताबाट असुल्ने १०० प्रतिशत रकम मध्ये प्रदेशमा ८५ प्रतिशत केन्द्र सरकारमा, १० प्रतिशत प्रदेश सरकारमा १० प्रतिशत र स्थानीय सरकारमा ५ प्रतिशत रकम रहने कुरा बताउदै ७ वटै प्रदेशले यसका लागि एकजुट भै लडनुपर्ने कुरामा जोड दिए ।
उनले यो संविधान बनाउनेहरु आफैले नै विभिन्न जटिलताका कारण संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा रहेको संकेत गर्दैै ठाकुरले थप संघर्षका लागि तयार रहनुपर्ने बताए ।
निर्वाचन आयोग धनुषा कार्यालयले राष्ट्रीय सभा सदस्यमा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित सबै सदस्यहरुलाई एक समारोहका बीच बुधबार प्रमाणपत्र बितरण गरेको हो ।
प्रदेश नम्बर २ बाट राजपाका वृषेशचन्द्र लाल र रमेश यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र रामपृत पासवान,नेपाली कांग्रेसका जितेन्द्र देव र मुक्ता यादव र एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्र का शशिकला दाहाल निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ