News Category 2074/10/26
संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्छ ः संयोजक ठाकुर
दैनिक समाचारदाता
जनकपुर, २५ माघ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभा सदस्यमा राजपाबाट निर्विरोध निर्वाचित बृषेशचन्द्र लाल र रमेश यादवलाई शुभकामना आदानप्रदान गर्ने उद्देश्यले जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै संयोजक ठाकुरले विभिन्न प्रदेशमा जनताबाट असुल्ने १०० प्रतिशत रकम मध्ये प्रदेशमा ८५ प्रतिशत केन्द्र सरकारमा, १० प्रतिशत प्रदेश सरकारमा १० प्रतिशत र स्थानीय सरकारमा ५ प्रतिशत रकम रहने कुरा बताउदै ७ वटै प्रदेशले यसका लागि एकजुट भै लडनुपर्ने कुरामा जोड दिए ।
उनले यो संविधान बनाउनेहरु आफैले नै विभिन्न जटिलताका कारण संविधान कायार्न्वयन गर्न नसकेर समाप्त पार्ने खतरा रहेको संकेत गर्दैै ठाकुरले थप संघर्षका लागि तयार रहनुपर्ने बताए ।
निर्वाचन आयोग धनुषा कार्यालयले राष्ट्रीय सभा सदस्यमा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित सबै सदस्यहरुलाई एक समारोहका बीच बुधबार प्रमाणपत्र बितरण गरेको हो ।
प्रदेश नम्बर २ बाट राजपाका वृषेशचन्द्र लाल र रमेश यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र रामपृत पासवान,नेपाली कांग्रेसका जितेन्द्र देव र मुक्ता यादव र एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्र का शशिकला दाहाल निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ