News Category 2074/10/29
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित
दैनिक समाचारदाता
काठमाडौं, २८ माघ ।
नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आइतबार भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।
कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए ।
एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उनले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताए । उनका अनुसार भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ