News Category 2074/11/05
हटिया विवादको समाधान खोज्न बसेको छलफल निष्कर्शविहिन
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
राजविराजस्थित हटिया, बजार व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले माघ २० गतेदेखी १५ दिन भित्र जग्गा खाली गर्न जारी गरेको सूचना प्रति असन्तुष्टि जनाउदै हटियाबासीले सरोकारबालाहरुसँग शुक्रबार छलफल एवं अन्तरक्रिया गरेको छ ।
हटियाबासीले वर्षौदेखि हटियामा कारोबार संचालन गरी जीविकोपार्जन गर्दै आएकाहरुलाई नयाँ बन्ने सेड र गिलेशनमा प्राथमिकता दिने नगरपालिकाको लिखित प्रतिबद्धता नआए सम्म जग्गा खाली नगर्ने अडान लिदैं जवरजस्ती गर्न खोजीए अवरोध र आत्मदाह सम्म गर्ने चेतावनी दिदैं आएका छन ।
हटियाबासीले नगरपालिकाले बिकासका लागी ल्याएको नयाँ खाकाको आफुहरु विरोधी नभए पनि आफुहरु खाली गरेको जग्गामा नगरपालिकाले बनाउने नयाँ भवनमा भने कारोबार गर्न पाउने अधिकार सुनिश्चिताको माँग गर्दै आएका छन ।
यस अघि राजविराज नगरपालिकाले हटियामा निमार्ण गरेको गिलेशन भवन र सेडहरु जीर्ण बन्नुका साथै चारै तिर अतिक्रमण भए पछि नगरपालिकाले पूरानो संरचना भत्काउनुका साथै अतिक्रमित जग्गा खाली गराइ नयाँ ढगंले संरचना बनाइ भाडामा लगाउने योजना बनाएको मेयर शम्भु यादवको भनाइ छ ।
सो छलफलमा मेयर यादवले हटियाको पूर्वमा ३, पश्चिममा ४, उत्तरमा १ र दक्षिणमा ४ ब्लक गरि १२ ब्लक निर्माण हुने जानकारी दिँदै ती ब्लकहरुमा ९, १३ र १३, १३ फिटको कोठा निर्माण हुने बताउनुभयो । स्थानियको जग्गाबाट १७ फिटको बाटो छोडी ती ब्लकहरु निर्माण हुने बताए ।
यसै बिषयलाई लिएर शुक्रबार हटिया स्थित राधा कृष्ण मन्दिरको प्राङ्गणमा आयोजित छलफल कार्यक्रममा मेयर शम्भु यादव, उपमेयर साधना झा, वडा अध्यक्ष मांगीलाल नाइ, समिर झा, पूर्व मेयरहरु अनिश अंसारी, जगरनाथ दास, शैलेस चौधरी, नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, राजपाका दिपेन्द्र चौधरी, हटियाबासी विन्देश्वर साह (विन्दी), शिवनारायण साह (सुरज) लगायत ठुलो संख्यामा हटियाबासी सहभागी भइ सहमतीको प्रयास गरेका छन ।
तर, छलफल सहमतीमा पुग्न नसके पनि पुनः आइतबार बस्ने र सहमती खोज्ने निष्कर्शमा पुगेर टुगिंएको वडा अध्यक्ष मांगीलाल नाइले बताए ।
नगरपालिकाका पदाधिकारी र हटियाबासीका तर्फबाट ९÷१० जना प्रतिनिधि राखेर अर्को बैठक आइतबार बस्ने गरी छलफल टुगिंएको वडा अध्यक्ष नाइले बताए । त्यसमा पनि सहमती नजुटे निर्माण कार्यमा अवरोध गर्ने हटिया बासी बिन्देश्वर साह (बिन्दी) को भनाइ छ ।
राजविराज नगरपालिकाले अतिक्रमणको चपेटामा परेर साँघुरो र कुरुप बन्दै गएको हटियालाई अतिक्रमण मुक्त गरी व्यवस्थित गर्ने उद्देश्यले गत माघ २० गते १५ दिने सूचना प्रकाशित गर्दै सो अवधि भित्र जग्गा खाली गर्न अनुरोध गरेको छ ।
अस्तव्यस्त देखिएको हटियालाई व्यवस्थित गर्न हटियाको जग्गा पुर्ण रुपमा खाली गराइ शहरी भवन निमार्ण डिभिजन कार्यालयको कबिर ३५ करोड १६ लाखको लगानीमा नयाँ सेड निमार्ण, गिलेशन भवन निमार्ण, भित्री सडक, सार्वजनिक शौचालय लगायतका संरचना निमार्ण गर्ने नगरपालिकाको योजना रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ