News Category 2070/08/29
पार्टी छोडेर गएका सम्पूर्णलाई फर्कन वरिष्ठ नेता नेपालको आग्रह
दैनिक संवाददाता
काठमाडौँ, २८ मंसिर ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले छाडेर अन्य पार्टीका गएका सबै नेता तथा कार्यकर्तालाई मूल घरमा फर्कन आग्रह गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोटेश्वर बहुमुखी क्याम्पस कमिटी २३ औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उहाँले लोकतन्त्रमा विश्वास गर्ने देशभक्त र क्रान्तिकारी पार्टी एमाले मात्र भएको जिकिर गर्दै मुलुक र समाजको आर्थिक रुपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको एमालेको भविष्य उज्ज्वल रहेकाले यसको झन्डामा आबद्ध हुन आग्रह गर्नुभयो ।
छिटो परिवर्तन र देशभक्तिले ओतप्रोत भएको नयाँ संविधान बनाउन एमाले लागिपर्ने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो– नेकपा (एमाले)ले सत्ताका लागि मरिहत्ते गर्ने होइन, सङ्क्रमणकाललाई छोट्याएर राजनीतिलाई सङ्लो तुल्याउँदै दिगोशान्ति स्थापना गरी मुलुकलाई समृद्धितर्फ लैजाने विषयलाई महत्व दिएर काम गर्ने छ ।
राजनीतिक स्थायित्व र समझदारी नभई देश विकास असम्भव भएकाले दलबीच उच्चस्तरीय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ