News Category 2074/11/06
प्रदेश २ को आज मन्त्रिमण्डल बिस्तार हुदै, कृषि मन्त्रीमा शैलेन्द्र साह !
जनकपुर÷प्रदेश नम्बर २ को मन्त्रीमण्डल आईतवार बिस्तार हुने भएको छ ।
फोरम प्रदेश समितिको शुक्रवार बसेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
श्रोेतका अनुसार कृषि मन्त्रीमा शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्र यादवलाई पठाउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै राज्यमन्त्रीहरुमा योगेन्द्र यादव, कौशल यादवको नाम रहेको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री लालबाबु राउत, महासचिव रामसहाय यादव, प्रदेश महासचिव शम्भु झा, सचिव शेषनारायण यादव लगायतको सहभागिता थियो ।
यसअघि बिहिवार गठन भएको मन्त्रीमण्डलमा आइतबार संघिय समाजवादी फोरम नेपालका दुई जना र ३ जना राज्यमन्त्री थपिने छ ।
हाल मुख्यमन्त्री मो.राउत र फोरमको तर्फबाट आर्थिक मामिला मन्त्री विजय यादव र राजपाको तर्फबाट भौतिक निर्माण मन्त्री जितेन्द्र सोनल छन् ।
यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा मन्त्री चयन, संसदीय दलको नेता चयन लगायतका विषयमा गम्भिर विवाद उत्पन्न भएको छ ।
राजपाले सरकारमा संसदीय दलका नेता जितेन्द्र सोनललाई पठाएको छ । हाल उनी राजपाको भागमा परेका सबै मन्त्रालयहरुको जिम्मेवारी सम्हालेका छन् । तर पार्टीमा असन्तुष्टि बढेको कारण थप मन्त्रीहरुको चयनमा केहि समय लाग्ने सम्भावना छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ