News Category 2074/11/07
पार्टी एकतामा सहमति !
दैनिक समाचारदाता
काठमाडौं, ६ फागुन ।
भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा ‘लन्च मिटिङ’ गर्दै आइतबार करिब ४ घन्टा छलफल गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा सहमति गरेका छन् ।
एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेका दुवै दलबीच एकीकृत पार्टीको सिद्धान्तलाई लिएर गतिरोध पैदा भएको थियो । दुवै नेता एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादलाई समेटेर महाधिवेशनसम्म लैजान सकारात्मक भएका छन् ।
स्रोतका अनुसार, पार्टी एकतामा दुई नेताबीच जुटेको सहमतिलाई सोमबार एकता संयोजन समितिको बैठकमार्फत अनुमोदन गराएर निर्णय सार्वजनिक गर्ने सहमति भएको छ । दुवै दल पार्टी एकताका मूलभूत विषयलाई आइतबारको बैठकबाट निर्णय गराई सरकार विस्तारलाई पूर्णता दिन सहमत भएका छन् ।
पार्टी एकता गर्ने घोषणा गर्दै चुनावी तालमेल गरेका दुई ठूला वामपन्थी दल चुनावी नतिजा सार्वजनिक भएसँगै एकता प्रक्रियाका विभिन्न विषयमा छलफल गरिरहेका छन् । दुवै दलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन पार्टीका शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् ।
वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नाम, नेतृत्व र सरकारमा आलोपालोको सहमति गरिसकेका छन् । निर्णायक वार्ता प्रक्रियामा एमालेले सैद्धान्तिक विषयमा सम्झौता गर्न नसकिने बताएपछि एकता प्रक्रिया अलमलमा परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ