News Category 2074/11/09
अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा साहित्यिक गोष्ठि आयोजना
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा मंगलबार राजविराजमा साहित्यिक गोष्ठि आयोजना गरिएको छ ।
मैथिली साहित्य परिषद् राजविराजको आयोजन तथा मैथिल महिला परिषद्को संयोजनमा आयोजित साहित्यिक गोष्ठिमा मैथिली साहित्य परिषद्का अध्यक्ष अशोक कुमार झा, पूर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषद्का सचिव श्यामसुन्दर यादव, रबेन्द्र रवि, नरेन्द्र देव, किरण झा, कमला भन्साली, विद्या झा ‘डेजी’ पिंकी झा, रमिला साह, शान्ति झा, कमला भंसालीलगायतले रचना वाचन गरेका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि मिना ठाकुरले मैथिली जनजनको भाषा भएको भन्दै यसको थप संरक्षण, सम्वद्र्धन एवम् विकास हुनुपर्नेमा जोड दिर्दै वर्तमान संघीय संरचनामा सरकारी कामकाजको भाषाको रुपमा मैथिली हुनुपर्ने आवश्यकता औल्याईन् ।
यस्तै मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले मैथिली भाषा शाहवंशीय शासनकालदेखि नै दमनको शिकार बन्दै आएकोले वर्तमान अवस्थामा समुचित स्थान पाउनुपर्नेमा जोड दिए । आयोजित कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले मैथिली भाषालाई शिक्षाको माध्यम बनाउनुपर्ने बताए ।
महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षता तथा मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ई. दिब्यानन्द मिश्रको कविता समेत वाचन गरिएको थियो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधवार मातृभाषाको समुचित स्थानबारे विचार गोष्ठि मैथिली भवनमा आयोजना गरिने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ