News Category 2074/11/10
प्रदेश २ को सरकारी कामकाजको भाषा मैथिली बनाउनु पर्ने माँग
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले प्रदेश २ को सरकारी कामकाजको भाषा मैथिली बनाउन सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
मैथिली साहित्य परिषद् राजविराजको आयोजन बुधवार सम्पन्न अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । देशको दोस्रो ठूलो भाषा मैथिली रहेको तथा प्रदेश नम्वर २ को मुख्य भाषा मैथिली नै नरहेकोले मैथिली भाषाको स्थान सुनिश्चित गर्न माँग समेत गरे ।
कार्यक्रममा वक्ताहरुले अन्य मातृभाषाहरुको समेत समुचित स्थान हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
संघीय शासन व्यवस्थामा मातृभाषाहरुको स्थान सुनिश्चित हुनुपर्नेमा वर्तमान अवस्थामा अन्य भाषालाई कामकाजको भाषा बनाउने षडयन्त्र भईरहेको बताउँदै यस्ता कार्यलाई रोक्नुपर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप(मेयर साधना झाले नगरपालिकामा मैथिली भाषालाई प्रयोगमा ल्याईने प्रतिवद्धता व्यक्त गरिन् ।
परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु प्रा. जनआनन्द मिश्र, प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, शुभचन्द्र झा, नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् मैथिली पत्रकार परिषद् सप्तरीका अध्यक्ष जितेन्द्र कुमार झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, करुणा झा, मातृभाषा साहित्य कला संरक्षण केन्द्र नेपाल सिरहा लहानका संयोजक अर्जुन प्रसाद गुप्ता, पूर्व प्राचार्य नथुनी दास, नेपाल निजामती कर्मचारीहरुको आधिकारिक टूेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, परिषद्का सल्लाहकार अधिवक्ता राजेन्द्र प्रसाद देव, साहित्यकार आभासेतु सिंह, महिला परिषद्की अध्यक्ष शान्ति झा, पूर्व अध्यक्ष सुमित्रा दास, गीतकार श्रीराम मण्डल, कवि सत्येन्द्रनाथ चौधरी, विद्या झा ‘डेजी’ पिंकी झा लगायतले मैथिली भाषाको समुचित स्थान सुनिश्चितताकालागि सशक्त संघष गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ