News Category 2074/11/11
मुख्यमन्त्री राउतले पाए विश्वासको मत
दैनिक समाचारदाता
जनकपुर, १० फागुन ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाको विश्वासको मत पाएका छन् ।
फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत पाउनुका साथै वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् ।
राजपाको समर्थनमा मुख्यमन्त्री बनेका फोरम संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । सोही बैठकमा विपक्षमा रहेका दुई दल एमाले र माओवादी केन्द्रले पनि राउतलाई समर्थन गरे ।
एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । यस्तै माओवादी संसदीय दलका नेता भरतकुमार साहले पनि सरकारलाई समर्थन गर्ने घोषणा गरे । त्यस्तै नेपाल संघीय समाजवादी र एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।
यता कांग्रेसले भने समर्थन गरेन । संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका रहने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ