News Category 2074/11/13
“तनावमुक्त नभएसम्म सकारात्मक सन्देश प्रभाव हुनसक्दैन्”
राजविराज÷संचारकर्मीहरु तनावमुक्त भएर समाज परिवर्तनका लागि आफ्नो कलमको माध्यमबाट अझ बढी सकारात्मक समाचार सम्प्रेशन गर्न सक्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
नेपाल भारत मैत्री पत्रकार महासंघको आयोजनामा शनिबार आयोजित “मानव जिवनमा सुख, शान्ति र सुन्दर स्वास्थ्यका लागि संचारको भूमिका” विषयक एक दिने अन्तरक्रियाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
बह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजको सहआयोजनामा आयोजित उक्त अन्तरक्रियामा ब्रह्माकुमार दीपकले प्रस्तुत गरेका कार्यपत्रमा सूचना प्रविधिले अहिले नयाँ नयाँ विकास हुँदै गइरहेपनि व्यक्तिगत, पारिवारिक एवं सामाजिक जिवन बढी तनाव बन्दै गइरहेको उल्लेख गरेएका छन् । उनले आफ्नो कार्यपत्रमा सूचना प्रविधिका कारण सम्बन्ध स्वार्थपूर्ण बन्दै गएपनि घरपरिवारमा सुख सुविधा भएको तर, पारिवारले सुख नपाइरहेको उल्लेख गरेका छन् ।
अहिले सम्प्रदायिकता, जातिभेद, रंगभेद र वर्णभेद जस्ता कारकले समाजमा जडो गाड्दै गइरहेको जनाउँदै कार्यपत्रमा समाजमा रुढीवादी, कुरिति जस्ता रितिरिवाजका कारण समाज चक्रब्युमा फस्दै गइरहेको उल्लेख गरिएको छ ।
ब्रह्माकुमारी मिडिया प्रभाग नेपालका संयोजक समेत रहेका ब्रह्माकुमार दीपकले प्रस्तुत गरेको कार्यपत्रमा परिवर्तित समाजमा रहेका बिकृती र बिसंगतिका बीचमा संचारकर्मीहरु पनि तनावमा आउनु स्वभाविक हो भन्दै संचारकर्मीहरुले सकारात्मक समाचारलाई उजागार गर्न नसक्नुमा अशान्त समाजिक वातावरण नै रहेको उल्लेख गरेका छन् ।
सो कार्यपत्रमाथी टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गा र नेपाल भारत मैत्री पत्रकार महासंघ भारतका अध्यक्ष एसएन श्यामले परिवर्तित समाजलाई ध्यानमा राखेर संचारकर्मीहरुले तनाव मुक्त भई समाज परिवर्तनमा सकारात्मक भूमिका खेलेको विषयबस्तुलाई समेत प्राथमिकतामा राखि सम्प्रेशन गर्न सुझाव समेत दिए ।
उनीहरुले कार्यपत्रमा प्रस्तुत विषयबस्तु अहिलेको समाजसँग शतप्रतिशत मिल्दै रहेको र त्यसलाई सकारात्मक रुपमा लिएको भन्दै तनावमुक्त गर्ने उपायसमेत कार्यपत्रमा प्रस्तुत गर्न सुझाव सल्लाह दिए ।
नेपाल भारत मैत्री पत्रकार महासंघ नेपालका अध्यक्ष धिरेन्द्र प्रसाद साहको अध्यक्षत तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र राजविराजकी संचालिका भगवति दिदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का, जिल्ला न्यायाधिश श्यामसुन्दर अधिकारी, नेपाल भारत मैत्री पत्रकार महासंघ भारतका उपाध्यक्ष राजकिशोर सिंह, सुधान्सु कुमार सिंह लगायतका वक्ताहरुले सुन्दर, शान्त र समृद्ध समाज निर्माणका लागि संचारकर्मीहरुले खेलेको भूमिका सहनिय रहेको भन्दै समाज सुधारकका विषयबस्तुहरुलाई समेत संचारकर्मी र संचारमाध्यमले अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी हरेकृष्ण प्रसाद सिंह स्वागत मन्तव्य तथा संचारकर्मी सतिश दत्तले कार्यक्रम संचालन गरेका थिए । उक्त अन्तरक्रिया दुई दर्जन संचारकर्मीहरुको सहभागिता रहेको थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ