News Category 2074/11/13
तिलाठीवासीको रिले अनसन प्रदेशसभा सदस्यको उपस्थितिमा स्थगित
राजविराज÷पछिल्लो १९ दिनदेखि रिले अनसन बसेका तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका स्थानीयहरु शनिबारदेखि उक्त रिले अनसनलाई स्थगित गरेका छन् ।
सप्तरी क्षेत्र २ प्रदेशसभा १ का सदस्य शैलेन्द्र प्रसाद साहको उपस्थितिमा सो रिले अनसन स्थगित गरिएको हो । उनले अनसनमा बसेकाहरुलाई जुस खुवाउँदै तत्कालकागि अनसन स्थगित गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले गैरकानूनी रुपमा सदरमुकाममा गाउँसभा आयोजना गरेको भन्दै सो सभा खारेज गर्नुपर्ने लगायत विभिन्न मागसहित स्थानीयहरु माघ २२ गतेदेखि रिले अनसनमा बसेका थिए ।
अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आर्थिक वर्षको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्ने लगायतका विभिन्न मागसहित आन्दोलित स्थानीयहरु प्रदेश सभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायहरुबाट गरिएको आग्रह एवं होली पर्वलाई लक्षित गरि तत्काल रिले अनसनलाई स्थगित गरेको स्थानीय अवकाश प्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिए ।
अनसन तोडाउँदै प्रदेशसभा सदस्य साहले संविधान तथा संघीयता कार्यान्वयनको संघारमा आफुहरु रहेको हुँदा स्थानीय तहमा देखिएको सामान्य विवादहरुलाई आपसी सहमति र समन्वयनको आधारमा मिलाउँदै समग्र विकासकालागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले तिलाठी कोइलाडी गाउँपालिकामा देखिएको विवादहरुलाई मिलाउन स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारण समेत सकारात्मक देखिएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ