News Category 2074/11/14
माइक्रोमा मोटरसाइकल ठोकिदा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
सप्तरीको फत्तेपुर कंचनपुर सडक खण्ड अन्तरगत कंचनरुप नगरपालिका ६ स्थित मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ ।
फत्तेपुरबाट काठमाण्डौतर्फ जादै गरेको बा ४ ख ८२४ नम्बरको माइक्रो आइतबार बिहान मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को३१प ३३५० नम्बरको मोटरसाइकल ठोकिदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक उदायपुरको बोल्का नगरपालिका, तपेश्वरी निवासी २५ बर्षीय राजेश कुमार साह र पछाडी सवार सुनसरी इनरुवा नगरपालिका २ निवासी २६ बर्षीय दिलिप कुमार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
राजेशको बिराटनगरस्थित न्यरो अस्पतालमा र दिलिपको राजविराजस्थित गजेन्द्र नारायण सिाह संगरमाथा अंचल अस्पतालमा उपचारका लागि लगिदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता दुर्घटनामा परेका सवारी साधनलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ