News Category 2074/11/16
गुदडी हाट सुधार एंव निर्माण कार्य स्थगित गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राजविराज हाटबजार स्वरुप बचाऊ समिति राजविराज वडा नं. ७ ले मंगलबार बिहानदेखी हटिया बन्द गरि जुलुसका साथ गुदडी हाट सुधार एंव निर्माण कार्य स्थगित गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष शिवनारायण साह स्वर्णकारको नेतृत्वमा निकालिएको सो जुलुसले नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पाँच बुँदे माँगसहित सो ज्ञापनपत्र बुझाएको हो
बुझाइएको ज्ञापनमा राजविराज गुदडी हाट सुधार एंव निर्माण कार्य ऐतिहासिकता र मौलिकताको संरक्षण गर्दै समग्र आर्थिक विकासलाई दृष्टिगत गरी बैज्ञानिक पद्दतीमा आधारित हुनुपर्नेमा सो नभएकोले हाल स्थगित गरी पुर्नविचार गर्न माँग गरिएको छ ।
त्यस्तै शहरी विकासको नक्सा तथा लागत एवं नगरपालिकाको नक्सा लागतबारे अन्यौल रहेकोले सत्यतथ्य सार्वजनिक गर्न, राजविराज नगरपालिकाका १६ वटै वडाका बासिन्दाहरुलाई पायक पर्ने नयाँ हाटबजार निर्माण गर्न, अतिक्रमण हटाउने नाममा आफ्नो अभीष्ट पुरा गर्न पदको दुरुपयोग गर्ने कार्य तत्काल बन्द गर्न माँग गरिएको छ ।
सोही ज्ञापनमा माँग पुरा नगरी जबरजस्ती गरेमा सोबाट उत्पन्न सम्पूर्ण परिस्थिती र घटनाको जिम्मेवारी राजविराज नगरपालिका कार्यालय तथा स्थानिय प्रशासनको हुने भएकोले समस्याको समाधान बैज्ञानिक रुपमा आपसी छलफलद्वारा निकाल्न पहल गर्न माँग गरिएको छ ।
सो ज्ञापन प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, भवन तथा सहरी विकास मन्त्रालय, विभिन्न पार्टीको केन्द्रिय कार्यालय, प्रदेश २ का मुख्यमन्त्री तथा प्रदेश सांसद लगायत दुई दर्जन सम्बन्धीत निकायका कार्यालयहरुको नाममा बोधार्थ समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ