News Category 2074/11/17
सप्तरीका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त
दैनिक समाचारदाता
जनकपुर, १६ फागुन ।
सप्तरीका दुई मधेशवादी दलका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त भएका छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवल किशोर साह प्रदेश २ को मन्त्रीमा बुधबार नियुक्त भएका हुन् ।
फोरमका शैलेन्द्र प्रसाद साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र राजपाका नवलकिशोर साह सामाजिक विकास मन्त्रीमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । यसैगरि आयोजित सपथ ग्रहण कार्यक्रममा फोरम र राजपाका ४ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।
यो सँगै प्रदेश २ को मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । सात प्रदेशमध्ये पहिलोपटक प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन् । संविधानले प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।
फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन् ।
यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो । फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ