News Category 2074/11/18
चिकित्सकको लापरवाहीका कारण गर्भवती महिलाको मृत्यु, राविनपाका प्रमुखको संयोजकत्वमा ११ सदस्यीय छानविन समिति गठन
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
सोमबार अस्पतालमा प्रसुती गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको बुधबार राती प्रसुती गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुधबार राती ८ बजेदेखि पीडा सुरु भएपछि सुरुदेखी नै उनको उपचारमा लागेका अस्पतालका चिकित्सक दिलिपकुमार साह नआएपछि राती १ बजे अनिताको मृत्यु भएको उनका श्रीमान रमेश यादवको आरोप छ ।
यता समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै आफन्तले बिहानैबाट अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिकित्सक साहलाई तत्काल कारबाहीको माग गरेका छन् । मृतक अनिताको तीन बर्षका छोरा आकाश र दुई बर्षकी छोरी सरस्वती छन् । गर्भवति भएसँगै अनिताले चिकित्सक साहसँग दैनिकी चेकजाँच गराउदै आएकी थिइन् ।
यसैबीच सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी हेमबहादुर खड्का, प्रहरी प्रमुख मुकेश कुमार सिंह, राजविराजका नगर प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, जिल्लास्तरिय नेता, आफन्तजन, चिकित्सक लगायतबीच घटना सम्बन्धी र त्यसबाट उब्जेको परिस्थिति बारे छलफल भएको थियो ।
यता अस्पतालमा भएको घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
छानबिन समितिमा उपप्रमुख साधना झा, अस्पताल विकास समितिका अध्यक्ष डा. चिरञ्जीवी लाल देव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, राजनीतिक दलका तर्फबाट राजपाका दिनेश यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, कानुन व्यवसायी शम्भुकुमार यादव, अस्पतालका मेडिकल अफिसर डा ब्रजेशकुमार झा, विष्णुपुर गाउँपालिकाका सदस्य लीला यादव र पीडितका आफन्त ब्रह्मदेव यादव सदस्य छन् ।
यसअघि मृतकका आफन्तजनहरुले राजविराज– हनुमाननगर सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पार्नुका साथै नाराजुलुस गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ