News Category 2074/11/20
नगरपालिका र हटिया व्यापारीसँगको लगातारको छलफल निष्कर्षबिहीन बन्दै
राजविराज÷राजविराजस्थित हटियाको सुधार र निमार्णका लागि राजविराज नगरपालिकाले माघ २० गते १५ दिने सूचना जारि गरेपछि अहिले हटियाका व्यापारीहरु आन्दोलित भएका छन् ।
विभिन्न पत्रपत्रिकामार्फत नगरपालिकाले सूचना जारि गरेको मिति भन्दा १५ दिन बढी बितिसक्दा समेत पटक पटक दुबै पक्षबीच सहमति र छलफल भइरहेको छ ।
हटियावासीले निर्माणको कार्य दुई किस्तामा गर्न, निर्माण कार्य सम्पन्न पश्चात् बनेको नयाँ कोठाहरुमा हटियाका व्यापारीहरुलाई नै प्राथमिकता दिनुपर्ने, हटियामा रहेको निजि घर अगाडी फराकिलो बाटो हुनुपर्ने लगायतको माँग राख्दै आएका छन् ।
श्रोतका अनुसार ती माँगहरु बारे नगरपालिकासँग हटिया व्यापारी सम्मिलित समितिबीच लगातार समन्वय र छलफल भइरहे पनि कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन् ।
यसैबीच राजविराज हाटबजार स्वरुप बचाऊ समिति राजविराज वडा नं. ७ ले हटिया बन्द गरि जुलुसका साथ गुदडी हाट सुधार एंव निर्माण कार्य स्थगित गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष शिवनारायण साह स्वर्णकारको नेतृत्वमा निकालिएको सो जुलुसले नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पाँच बुँदे माँगसहित सो ज्ञापनपत्र बुझाएको हो
बुझाइएको ज्ञापनमा राजविराज गुदडी हाट सुधार एंव निर्माण कार्य ऐतिहासिकता र मौलिकताको संरक्षण गर्दै समग्र आर्थिक विकासलाई दृष्टिगत गरी बैज्ञानिक पद्दतीमा आधारित हुनुपर्नेमा सो नभएकोले हाल स्थगित गरी पुर्नविचार गर्न माँग गरिएको छ ।
त्यस्तै शहरी विकासको नक्सा तथा लागत एवं नगरपालिकाको नक्सा लागतबारे अन्यौल रहेकोले सत्यतथ्य सार्वजनिक गर्न, राजविराज नगरपालिकाका १६ वटै वडाका बासिन्दाहरुलाई पायक पर्ने नयाँ हाटबजार निर्माण गर्न, अतिक्रमण हटाउने नाममा आफ्नो अभीष्ट पुरा गर्न पदको दुरुपयोग गर्ने कार्य तत्काल बन्द गर्न माँग गरिएको छ ।
सोही ज्ञापनमा माँग पुरा नगरी जबरजस्ती गरेमा सोबाट उत्पन्न सम्पूर्ण परिस्थिती र घटनाको जिम्मेवारी राजविराज नगरपालिका कार्यालय तथा स्थानिय प्रशासनको हुने भएकोले समस्याको समाधान बैज्ञानिक रुपमा आपसी छलफलद्वारा निकाल्न पहल गर्न माँग गरिएको छ ।
सो ज्ञापन प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, भवन तथा सहरी विकास मन्त्रालय, विभिन्न पार्टीको केन्द्रिय कार्यालय, प्रदेश २ का मुख्यमन्त्री तथा प्रदेश सांसद लगायत दुई दर्जन सम्बन्धीत निकायका कार्यालयहरुको नाममा बोधार्थ समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ