News Category 2074/11/22
राजविराजमा प्रादेशिक व्यापार मेला तथा सप्तरी महोत्सव फागुन २८ देखी
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
२ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ यही फागुन २८ गते सोमबारदेखि चैत ७ गते सम्म राजविराजस्थित राजरंगशालामा शुरु हुने भएको छ ।
‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ मूल आयोजक सप्तरी उद्योग बाणिज्य संघ राजविराजको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।
संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानिय बस्तुको प्रर्वद्धनका लागी २ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
स्थानिय राजरंगशालामा आयोजना हुने महोत्सवमा जातिय, छुवाछुत, धुम्रपान, मधपान, लागुऔषध प्रयोग रहित समाजको निमार्ण गर्न सांस्कृतिक कार्यक्रम र झाँकी मार्फत सर्वसाधारणमा चेतना मुलक सन्देश प्रवाह गर्ने लगायतका कार्यक्रम समेत समावेश गरिने पत्रकार सम्मेलनमा संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन ।
कुल १ सय ५० वटा स्टल रहने महोत्सवमा झण्डै ५ करोड बराबरको कारोवार तथा करिव २ लाख भन्दा बढी उपभोक्ता, आगन्तुक र दर्शक भित्रयाउने लक्ष्य लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए ।
कृषि जन्य बस्तु तथा उत्पादन, सूचना जन्य समाग्री, इलेक्ट्रोनिक समान, शहकारी संस्था र लघु उद्योगद्वारा उत्पादित बस्तु, दैनिक उपभोगका बस्तु, ताजा तरकारी, फलफुल, भेटनरी औषधी, खेलकुद, फर्निचर र दुधजन्य परिकार, मिठाई रहनुका साथै नेपालमै प्रसिद्ध मानिएको मिथिला, थारु, नेवारी, मारवारी खानाको परिकारका स्टलहरु पनि समावेश गरिएको उनले बताए ।
प्रदेश नं. २ का मुख्यमन्त्रीले उद्घाटन गर्ने महोत्सवको सहआयोजकमा जिल्ला समन्वय समिति र जिल्लाका सबै स्थानिय निकाय रहेका छन भने प्रर्वद्धकमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र र नेपाल पर्यटन बोर्ड काठमाण्डौं तथा सहयोगीका रुपमा जिल्लास्थित सबै राजनितिक दल, स्थानिय संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय रहेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ