News Category 2074/11/22
राजविराजमा प्रादेशिक व्यापार मेला तथा सप्तरी महोत्सव फागुन २८ देखी
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
२ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ यही फागुन २८ गते सोमबारदेखि चैत ७ गते सम्म राजविराजस्थित राजरंगशालामा शुरु हुने भएको छ ।
‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ मूल आयोजक सप्तरी उद्योग बाणिज्य संघ राजविराजको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।
संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानिय बस्तुको प्रर्वद्धनका लागी २ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ को आयोजना गर्न लागेको जानकारी दिएको छ ।
स्थानिय राजरंगशालामा आयोजना हुने महोत्सवमा जातिय, छुवाछुत, धुम्रपान, मधपान, लागुऔषध प्रयोग रहित समाजको निमार्ण गर्न सांस्कृतिक कार्यक्रम र झाँकी मार्फत सर्वसाधारणमा चेतना मुलक सन्देश प्रवाह गर्ने लगायतका कार्यक्रम समेत समावेश गरिने पत्रकार सम्मेलनमा संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिएका छन ।
कुल १ सय ५० वटा स्टल रहने महोत्सवमा झण्डै ५ करोड बराबरको कारोवार तथा करिव २ लाख भन्दा बढी उपभोक्ता, आगन्तुक र दर्शक भित्रयाउने लक्ष्य लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए ।
कृषि जन्य बस्तु तथा उत्पादन, सूचना जन्य समाग्री, इलेक्ट्रोनिक समान, शहकारी संस्था र लघु उद्योगद्वारा उत्पादित बस्तु, दैनिक उपभोगका बस्तु, ताजा तरकारी, फलफुल, भेटनरी औषधी, खेलकुद, फर्निचर र दुधजन्य परिकार, मिठाई रहनुका साथै नेपालमै प्रसिद्ध मानिएको मिथिला, थारु, नेवारी, मारवारी खानाको परिकारका स्टलहरु पनि समावेश गरिएको उनले बताए ।
प्रदेश नं. २ का मुख्यमन्त्रीले उद्घाटन गर्ने महोत्सवको सहआयोजकमा जिल्ला समन्वय समिति र जिल्लाका सबै स्थानिय निकाय रहेका छन भने प्रर्वद्धकमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र र नेपाल पर्यटन बोर्ड काठमाण्डौं तथा सहयोगीका रुपमा जिल्लास्थित सबै राजनितिक दल, स्थानिय संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय रहेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ