News Category 2074/11/25
महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा उपसभामुख देवको जोड
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सो अवसरमा बिहीबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश नं. २ का उपसभामुख उपमा देवले महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छिन् ।
उपसभामुख देवले अहिलेको समाजमा महिलाहरु सामाजिकदेखी राजनीतिक क्षेत्र सक्रिय भएर आफ्नो अधिकारका लागि अगाडी बढीरहेको कुरा सकारात्मक भएको भन्दै महिलाहरु यस्ता क्षेत्रमा अझ अगाडी बढ्नु पर्ने बताइन् । उनले महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवतर्न भएमात्र समाज परिवर्तन हुने जिकिर समेत गरिन् ।
अहिलेको परिवर्तन युगमा महिलाहरु पनि पुरुषसरह काम गर्न सक्षम रहेपनि पुरुषहरुको सोचमा परिवर्तन हुननसकेकोमा चिन्ता व्यक्त गरिन् । स्थानिय तहमा महिलाहरुको सहभागिता उल्लेख्य रहेपनि उनीहरु अझ कामकाज गर्नबाट बञ्चित हुनुपरेकोमा दुःख समेत व्यक्त गरिन् ।
त्यस्तै महिला हिंसा न्यूनिकरणका लागि सरकारले कानुन निर्माण गरेपनि अपेक्षाकृत रुपमा फलदायी हुन नसकेकोले त्यसलाई अझ सशक्त रुपमा कार्यान्वयन गर्न सम्बन्धीत निकायको ध्यान जानु पर्ने माँग गरिन् । महिला, घरेलु हिंसाका कारण महिलाहरुले ज्यान समेत गुमाउनु परेको हुँदा सो क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुलाई उक्त कार्यलाई निरुत्साहित गर्न अझ तदारुकता देखाउन आग्र गरेकी छिन् ।
जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष सुधा देवलाई पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानित गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय सप्तरीका प्रमुख चन्द्रकला श्रेष्ठको अध्यक्षताम आयोजित सभामा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, एकल महिला सप्तरीकी अध्यक्ष अनिता देवकोटा, इन्सेकका मनोहर पोखरेल, मारवाडी महिला समाजकी अनुराधा जोशी, करुण झा, गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, अपाङ संघका अध्यक्ष बलदेव मण्डल, जिल्ला यूवा संजालका पवन साह लागायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
यसअघि स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाकक्षमा कार्यक्रममा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ